गिरफ्तार पत्रकार तत्काल रिहा गर : पत्रकार महासंघ

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाडौं, ६ मंसिर । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सातादिन यता पक्राउ परेका अाठ जना पत्रकारलाई तत्काल रिहा गर्न जाेडदार माग गरेकाे छ ।
पत्रकार महासंघका अध्यक्ष गाेविन्द अाचार्यकाे नेतृत्वमा गएकाे डेलिकेशन टाेलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी साे माग गरेकाे हाे ।
अध्यक्ष अाचार्यले ती अाठैजना पत्रकार महासंघका सदस्य भएकाले अाफुहरुले जिम्मा लिने र तत्काल रिहाका लागि निर्देशन दिन माग गरेका थिए ।
जवाफमा प्रमले तत्काल बुझेर रिहाका लागि निर्देशन दिने बताएका थिए । “काे काे हुन् नाम दिनुहाेला म बुझेर पहल गर्छु” प्रम देउवाले भने ।
देउवाले पत्रकार महासंघसँग सहकार्यका लागि सरकार सदैव तयार रहेकाे बताउँदै निर्वाचनमा विगतमा झै सहयाेगकाे अपेक्षा गरेकाे बताए ।
महासंघले पेश गरेका मागहरु पक्राउ पत्रकार रिहा र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्युनतम पारिश्रमिक, नियुक्ति पत्रनदिने सञ्चार गृहलाई कार्वाही गर्नुपर्नेलगायतका मागहरुबारे अाफु सकारात्मक रहेकाे देउवाले बताए ।
उनले साे भेटमा एमाले अध्यक्ष केपी अाेलीलाई निर्वाचन सर्छ कि भन्ने शंका नगर्न अपिल गरे । “;तपाईहरुमार्फत अाेलीजीलाई अपिल गर्छु, शंका नगर्नुस निर्वाचन सर्दैन, मुलुक निर्वाचनमय भइसक्याे बरु सहयाेग गर्नुहाेस्” देवाकाे भनाई थियाे ।
भेटमा महासचिव रमेश बिष्टले पत्रकार सम्मेलनबाट हस्पिटलबाट, रिपाेर्टिङ स्थलबाट पत्रकारहरु पक्राउ पर्नु अत्यन्त दुखत भन्दै उनीहरुलाई तत्काल रिहा गर्न र यस्ता कार्य बन्द गर्न अाग्रह गरे ।
टाेलीमा उपाध्यक्षद्धय विपुल पाेख्रेल, दिलिप थापामगर, सचिवद्धय राम प्रसाद दाहाल, सदस्यहरु जन्मदेव जैसी, यम बिरही, लेखनाथ न्याैपाने, टिकाप्रधानलगायतकाे उपस्थिति थियाे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु