‘ कोमा ‘ बाट फर्कदैन कांग्रेस – खगेन्द्र छन्त्याल

२०७५ कार्तिक ७ गते, बुधबार

मुलुकमा के.पी.- पी.के.को सरकार छ ! रास्ट्रघात र जनघातले देश आक्रान्त छ ! सिमा अतिक्रमण, बलात्कार ,हत्या-हिँसा ,महंगी, घुसखोरी,तस्करी र भ्रस्टाचार बढ्दो छ ! तर सदनमा प्रतिपक्ष भनिएको कांग्रेस हिजोआज कतै देखिदैन / भेटिदैन ! कांग्रेस सरकारमा, सदनमा, सडकमा कहिँ छैन ! प्रश्न उठ्छ कहाँ छ त कांग्रेस ? सहि जवाफ हो कांग्रेस ‘ कोमा ‘ मा छ ! हो, कांग्रेस ‘कोमा’ मा छ , यो कुरा कंग्रेसजन सबैलाई थाहा छ ! कांग्रेसजनहरु अपेक्षा गर्दछन : ओली सरकारको कु कृत्यमा र उसको पतनमा कांग्रेसको भलो छ ! त्यसैले ओली सरकारले जति कु कृत्य ग-यो त्यति चाडो निको हुदै जान्छ कांग्रेस ,जति चाडो पतन भयो त्यति चाडो उठछ कांग्रेस ! तर कांग्रेसी यो अपेक्षा ‘ मनको लड्डु घिउ संग खाने ‘ जस्तै हो ! कतिपय चिज भित्रको समस्याको समाधान त्यो चिजको बिकास गरेर मात्र सम्भव हुन्छ बिनास गरेर होइन ! समाजमा देखिएका समस्याहरुको समाधान समाजलाई अघि बढाएर मात्र सम्भव हुन्छ समाजलाई पछाडी धकेलेर होईन ! प्रतिक्रियावादी-पुनरुत्थानवादीहरु अघि बढ्ने, नया ढंगले विकास गर्ने कुरामा बिस्वास गर्दैनन् ! देश र जनताको क्रान्तिकारी रुपान्तरण र बिकासमा उनीहरुले सधै प्रतिक्रिया जनाउने,पछाडी फर्कने र पुराना चिजहरुको पुनरुत्थानमा जोड दिने भएको कारण नै उनीहरुलाई प्रतिक्रियावादी पुनरुत्थानवादी भनिएको हो !
सत्ताबाट फ्याकियका बर्ग / व्यक्तिले पुन : सत्तामा फर्कने सपना देखिरहन्छन ! सपना देख्ने छुट सबैलाई हुन्छ ! सपना देख्नु ,चाहना राख्नु र अपेक्षा गर्नु अपराध होईन ! हिजो राणा शासनको अन्त्य पश्चात आएको कांग्रेसी शासनमा राणा हरुले कांग्रेसको पतन पश्चात पुन: राणा कै पालो भन्दथे र त्यसैमा जोड दिन्थे ! तर कांग्रेसको पतन पश्चात समयले पंचायत ल्याइदियो भलै कांग्रेस भन्दा प्रतिगामी भएतापनि त्यो राणा शासन भन्दा एक कदम प्रगतिशील थियो ! ०४६ को जनान्दोलनले निरङ्कुश राजतन्त्रात्मक पंचायतको अन्त्य ग-यो, संबैधानिक राजतन्त्रात्मक संसदवादको आरम्भ भयो ! त्यति बेला पुर्व पंचहरु भन्थे संसदवादको पतन पश्चात फेरि पालो पंचायती निरङ्कुश राजतन्त्र कै हो ! तर महान जनयुद्धको जगमा भएको जनान्दोलनले राजतन्त्र कै अन्त्य ग-यो ! राजतन्त्रको अन्त्य पश्चात जनता जनगणतन्त्रको स्थापना चाहन्थे तर महान जनयुद्ध र जनान्दोलनका केहि निर्णायक नेताहरुको गद्दारीका कारण मुलुकमा जनगणतन्त्र होईन सामान्य गणतन्त्र स्थापना भयो ! यो सामान्य गणतन्त्रको पनि अन्त्य अवस्यमभावी छ ! पुनरुत्थानवादीहरु यसको अन्त्य पश्चात निरङ्कुश राजतन्त्रको पुनर्स्थापना चाहन्छन ! प्रतिक्रियावादी यथास्थितिवादीहरु यहि सामान्य गणतन्त्रको निरन्तरता चाहन्छन र त्यही सपना देख्छन ! क्रान्तिकारीहरु यसको अन्त्य पश्चात जनगणतन्त्रको स्थापना चाहन्छन र त्यसको निम्ति अघि बढ्छन !
ओली सरकारको पतन अवस्यम्भावी छ ! ओली को पतन पश्चात ‘कोमा ‘ मा रहेको कांग्रेस उठेर घुम्ने मेचमाथि बसेको सपना देख्ने छुट कांग्रेसजन लाई छ ! ०४६ देखि ०७४ सम्म यो या त्यो ढंगले सत्तामा रहेको कांग्रेस: ओलीको उदय पश्चात सत्ताच्युत भएर पानीबिनाको माछी झैँ भएको छ ! यो अवस्थामा सत्तामा गडबढी देख्ने बित्तिकै कांग्रेसले आफ्नो सत्तारोहणको सपना देख्नु अस्वभाविक होईन ! ओलीको यहि गतिबिधि रहेमा कमसेकम अहिले यहि परिस्थिति मै र बढी से बढी अर्को चुनाव पछिको सरकारमा कांग्रेस उक्लिने कुरामा कांग्रेसजन ढुक्क देखिन्छन ! तर सत्तामा बसेर कांग्रेसले गरेका देश घात र जनघातका कैयौ प्रमाणहरु जनताका खल्तीमा छन ! अर्को कुरा पछाडी फर्केर होईन आगाडी बढेर समस्याका समाधान खोजिनु पर्दछ ! ओलीको बिकल्पमा कांग्रेस ल्याउनु / आउनु भनेको देशलाई पछाडी फर्काउनु हो ! ओलीको बिकल्प कांग्रेस शोच्नु पश्चगामी सोच हो ,देश समाजलाई पछाडी धकेल्नु हो ! बिनास गर्नु हो ! बिनास ,पश्चगमन,यथास्थितिवाद र पुनरुत्थानवाद समस्याको समाधान होईनन ! कांग्रेश पुरानो सडे गलेको प्रतिक्रियावादी पार्टी हो, कांग्रेस लाइ ओलीको बिकल्प रोज्नु यथास्थितिवाद मात्र होईन पुनरुथानवाद पनि हो ! के.पी.- पी.के को पार्टी नव प्रतिक्रियावादी पार्टी हो त्यो पार्टी बाट नै ओलीको बिकल्प खोज्नु यथास्थितिबाद हो ! यथास्थितिवाद परिवर्तनको बाधक हो ! ओलीको ठाउमा कांग्रेस ,कांग्रेसको ठाउमा पंच गर्दै पछाडी फर्कदै गर्दा हामी १०४ बर्षे जहानिया शासन सम्म पुग्ने निश्चित हुन्छ ! के हामि पुग्न चाहेको ठाउँ त्यही हो ? अबस्य होइन ! तसर्थ: ओलीको बिकल्प प्रतिगमनमा होईन अग्रगमन खोज्नुपर्दछ ! बिनासमा होईन बिकासमा खोज्नुपर्दछ ! पछाडी होईन आगाडी खोज्नुपर्दछ ! यथास्थितिमा होईन परिवर्तनमा खोज्नु पर्दछ ! सारमा बिकल्प ओली भन्ने एउटा पात्र र उसको सकारको होइन सिंगो प्रतिक्रियावादी संसदीय ब्यबस्थाको खोजिनुपर्दछ ! अर्को शब्दमा संसदीय ब्यबस्था अन्तर्गतको सरकार, व्यक्ति परिवर्तन होईन प्रतिक्रियावादी संसदीय ब्यबस्थाको नै खारेजी गर्नु पर्दछ ! र त्यसको ठाउमा नया जनवादी ब्यबस्था स्थापना गर्नु पर्दछ !
कांग्रेस : ००७ को संघर्षमा तत्कालिन सत्ता र शाशनका बिरुद्ध लड्ने संघर्षशिल शक्ति थियो ! ०१७ देखि ०३६ हुदै ०४६ सम्म केवल बहुदलको निम्ति मात्र भएपनि निरङ्कुश पंचायती सत्ताको बिरुद्ध लड्ने सामान्य परिवर्तनकामि शक्ति थियो ! र उ आमुल परिवर्तनकारी आन्दोलनको मित्र शक्ति थियो ! तर ०४६ देखि ०५२ हुदै आज प्रयन्त समयको गतिशिलतामा कांग्रेशले गति लिन सकेन ! समाज बिकासको नियम तथा देश र जनताको आमुल परिवर्तनको चाहनालाई उसले बुझ्न सकेन ! बरु सामन्त ,दलाल र नोकरशाही पुजीपति बर्गको शासन-सत्ताको उ रक्षा कवच बन्यो ! अत कांग्रेस : नेपाली क्रान्तिको दुस्मन शक्ति बन्यो !
समय, परिस्थिति तथा आन्दोलनको आवस्यकतामा पार्टी,संगठनहरुको जन्म र बिघटन हुन्छन ! कुनैपनि पार्टी संगठनले एउटा निश्चित बर्गको प्रतिनिधित्व गर्दछ ! निश्चित बर्गको प्रतिनिधि पार्टी संगठन रुपमा जे जस्ता र जे जति देखिएपनि सारमा अन्तत एउतै र एकीकृत हुन्छन ! सामन्त दलाल र नोकरशाही पुजीपति बर्गको पुरानो प्रतिनिधि पार्टी हो कांग्रेस ! नेपाली जनताले गरेको ००७ को सशस्त्र संघर्षको कांग्रेसले नेतृत्व ग-यो ! ०३६,०४६ र ६२/६३ को जनान्दोलनमा यसले बिशेष भूमिका निभायो , त्यो समयको माग थियो ! अहिले समय धेरै अघि बढेको छ , परिस्थिति बद्लिएको छ तर कांग्रेस हिजो जहा थियो आजपनि त्यही छ ! उसको शोच,चिन्तन,कार्यशैली र कार्यदिशा हिजो जे र जस्तो थियो आजपनि उही र उस्तै छ ! यसर्थ कांग्रेसले अबको आन्दोलनको नेतृत्व गर्न सक्दैन ! कांग्रेस रुढीग्रस्त , थोत्रो र जिर्ण भएको छ तर समस्या नया छन ! यसर्थ नया परिस्थितिको सामना गर्न पुरानो कांग्रेसले नसक्ने भए पछि आफ्नै बर्गले कांग्रेसको साथ छोडेको छ ! स्वदेशका सामन्त ,दलाल र नोकरशाही पुजीपति बर्गले पुरानो कांग्रेसको साथ छोडेर नयाँ कांग्रेस ( नेकपा) गठन गरेको छ ! नयाँ समस्याहरु संग जुध्न र नयाँ भ्रम शिर्जना गरेर नेपाललाई थप लुट्ने माध्यम बनाउन पुरानो कांग्रेस अयोग्य देखे पश्चात बिदेशी प्रभुहरूले पनि नयाँ कांग्रेस (नेकपा)लाई नै आफ्ना नयाँ दलाल चयन गरिसकेकाछन ! यो अवस्थामा अब:’कोमा’ मा रहेको कांग्रेस के गर्ला ? यो प्रश्न न्यायप्रेमी ईमान्दार तथा देशभक्त कांग्रेसजनको निम्ति चिन्ताको प्रश्न हो ! यो बिषय सर्वसाधारणको निम्ति जिज्ञासा र कौतुहलताको बिषय पनि हो ! अबस्य यो अवस्थामा कांग्रेसको निम्ति सम्भव / असम्भव चार बाटो छन ! प्रथम : आफुलाई शिर देखि पैताला सम्म रुपान्तरण गरेर ! टाउकाले टेकेर पश्चिम हिडेको मान्छे खुट्टाले टेकेर पुर्व हिडे झैँ हिड्नु अर्थात सर्वहारा बर्गको प्रतिनिधि पार्टी / नेता बन्ने ! यो बाटो व्यक्तिगत रुपमा ईमान्दार,न्यायप्रेमी ,उत्पीडित तथा देशभक्त कांग्रेसजन हरुको निम्ति सम्भावनाको बाटो हो ! क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका थुप्रै दिग्गज नेताहरु बिगतमा रुपान्तरित भएर कांग्रेस बाट यसरि नै आयका छन ! पुष्पलाल,मोहन बिक्रम ,निर्मल लामा लगायत सयौ यस्ता उदाहरण हामि संग छन ! तर संस्थागत रुपमा यो बाटो कांग्रेसको निम्ति लगभग असम्भव छ ! दृतिय : नया कांग्रेश (नेकपा) मा समाहित हुने ! व्यक्तिगत स्वार्थ र लाभ हानिको कुरा मिलेको खण्डमा सिद्दान्त,बिचार लक्ष , उद्देस्य , रणनीति ,कार्यनीति एउतै भएकोले यो सम्भावनाको बाटो हो ! तृतीय : नया प्रजा परिषद बन्ने ! नयाँ नीति,नेता,विचार ,दृस्तिकोण ,सिद्दान्त ,कार्यक्रम, कार्यशैली ,कार्यदिशा, कार्यनीति र रणनीतिको बिकास नगर्ने केवल ईतिहासको ब्याज बाट मात्रै पार्टी चलाउने दुस्साहस गरेमा यो पनि सम्भावनाको बाटो हो ! चतुर्थ : पार्टी बिघटन गर्ने ! कांग्रेशको बर्तमान गतिबिधि हेर्दा सबभन्दा बढी सम्भावना बोकेको बाटो यहि हो ! यो सम्भावना यथार्थ सावित भयो भने सुनिश्चित छ ‘ कोमा ‘ बाट फर्कदैन कांग्रेस !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु