एमाले विभाजनका लागि एमाअाेवादी-एमाले एकता – भरत दाहाल

२०७४ पुष १९ गते, बुधबार

एमालेभित्रकाे केपी अाेली भर्सेज गैर केपी अाेली संघर्ष अब विस्तारै अाेली भर्सेज पुष्पकमलका रूपमा बदलिंदै गएकाे छ। एकताकाे मुखाैटाेमा प्रकट हुन थालेकाे याे नाटक दलाल सत्ताभित्रकाे बाह्य शक्ति सन्तुलन कसका पक्षमा निर्माण गर्ने भन्ने रणनीतिमा अाधारित छ। चीनकाे बदलिएकाे विदेश नीति र त्यसमा पनि छिमेक नीतिलार्इ दिर्इएकाे प्राथमिकताले नेपालकाे भू-राजनीतिमा प्रयाेग गरिएकाे इण्डाे-पश्चिमी रणनीतिले हावा खान्छ भन्ने त्रास व्याप्त बनेकाे छ।
एकताकाे याे रणनीतिले पार्टी नेतृत्व वा प्रधानमन्त्रि पदमध्ये एउटा केपीकाे हातबाट खाेस्न चाहेकाे छ ताकि चीनसंग बढ्न सक्ने भनिएकाे नेपालकाे सम्बन्धमा लगाम लगाउने याैटा अाधार चाहिं नभत्कियाेस्। यसैका लागि पुष्पकमलकाे वार्गेनिङ प्रधानमन्त्रिमा “अालाेपालाे” देखि पार्टीमा “फिफ्टीफिफ्टी” हिस्सेदारिसम्म अार्इपुगेकाे छ। एमालेभित्रमा माधव, झलनाथ, बामदेवका ग्याङहरू यसका पक्षमा उभिएर पुष्पकमललार्इ उकासिरहेका छन्।
एमाले-एमाअाेवादीकाे कथित एकता प्रकरण एमालेभित्रकाे ध्रुविकरणसंग मात्र सम्बन्धित छैन कि याे एकताकाे केहि समयपछि एमाले विभाजन गर्ने याेजनासंग पनि जाेडिएकाे छ। स्थानिय चुनावकाे पूर्वसन्ध्यादेखि नेपालमाथि नाकाबन्दि बलियाे बनाउन लैनचाैर र लालु यादवकाे दरबार धाउनेहरू देखि यूराेपीयन मिशनरिले परिचालन गरेका एवं रअका एजेन्टका रूपमा कुख्याति कमाएकाहरूसम्मकाे एमाले प्रवेशकाे क्रमले के देखाैइरहेकाे छ भने नेपाल विरूद्ध खेल्ने मञ्चका रूपमा एमाले छनाैट भएर चारैतिर छरिएका खेलाडिहरू त्यसभित्र जम्मा गरिंदै्छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु