एमाओवादीसग एकता सम्भव छैन: किरण

२०७१ श्रावण २९ गते, बिहीबार


काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसँग तत्काल एकता सम्भव नरहेको बताएका छन् ।
पार्टीको कोचिला राज्य समितिअन्तर्गतका सुनसरी, मोरङ र झापाका कार्यकर्ता प्रशिक्षणमा किरणले एमाओवादीसँग तत्कालका लागि एकता टरेको बताए । एमाओवादी जनवादी क्रान्तिको बाटोमा फर्किए मात्र एकता सम्भव रहेको किरणको भनाइ थियो ।
‘एकीकृत माओवादीसँग तत्काल एकता सम्भव छैन’, किरणले भने, ‘उनीहरुले जनवादी क्रान्तिको बाटो छोडिसकेका छन्, फेरि जनवादी क्रान्तिको बाटोमा आए मात्र एकता हुनसक्छ ।’
किरणले संविधानसभाबाट जनअपेक्षाअनुसार संविधान बन्ने सम्भावना नरहेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिए । जनविश्वास गुमाइसकेका दलहरुले संविधान दिने कुनै आशा नरहेको किरणको भनाइ थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु