‘एकीकृत जनजागरण तथा प्रतिरोध’ अभियानमाथि प्रहरी दमन

२०७४ बैशाख ५ गते, मंगलवार

काठमाडौं, ५ बैशाख । नेपाल कम्युनिस्ट पार्टीको ‘एकीकृत जनजागरण तथा प्रतिरोध’ अभियानमाथि प्रहरी दमन गरेको छ । यसै क्रममा आज नेपाल कम्युनिस्ट पार्टीका ललितपुर इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’लाई प्रहरीले गिरफ्तार गरेको छ । ‘एकीकृत जनजागरण तथा प्रतिरोध’ अभियानको क्रममा आज ललितपुरको चापागाउँबाट केन्द्रीय सदस्य समेत रहेका हितमानसहित एक दर्जन नेता–कार्यकर्तालाई गिरफ्तार गरेको जिल्ला सदस्य श्यामराज महर्जनले जानकारी दिए । उनीहरुलाई महानगरिय प्रहरी बृत चापागाउँमा राखिएको छ ।
त्यसैगरी काठमाडौँको ठूलो भर्याङबाट सामाना पारिवारको साँस्कृतक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँ इन्चार्ज माइला लामाका अनुसार मंगलबार दिउँसो साँस्कृतिक कार्यक्रमको तयारीमा भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले कलाकारका सामाग्री कब्जा समेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु