एकीकृत जनक्रान्तिको सिद्धान्तलाई व्यवहारिक रुप दिन सुरु

२०७२ श्रावण ९ गते, शनिबार

काठमाडौँ । नेकपा माओवादीले आह्वान गरेको एक दिने नेपाल बन्द शानदार रुपमा सफल भएको छ । पार्टी पुनर्गठनपछिको यो उसको पहिलो नेपाल बन्द हो । सिंगो माओवादीले विगतका गरेका बन्दको अनुभवलाई हेर्नेहो भने पनि यो निकै सफल रह्यो । किनभने विगतमा जस्तो बन्द गर्नेका विरुद्धमा सबै बोल्थे । बलियो राजनीतिक शक्ति भए पेलेर बन्द गराउने हो स्वतस्फुर्त रुपमा बन्दलाई सफल भएको पाइँदैन । जुन राजनीतिक पार्टी संगठनबाहेक अरुको कुनै पनि शक्तिको साथ र सहयोग हुँदैन थियो । बन्द भनेको संघर्षको उच्च रुप हो । आफ्ना मुद्दाबारे अरुको ध्यान केन्द्रित गर्न बन्द गरिँदै आएको छ । त्यसैगरी नेकपा माओवादीले नेपाल बन्द गर्नुका तिन कारण देखिन्छन् । पहिलो, भारत र चीनबीच नेपाली भूमिबारे भएको सम्झौता खारेजीका पहल गर्न सरकारलाई पटक–पटक आग्रह गरेको थियो तर अहिलेसम्म सुनिएको छैन । दोस्रो, चार राजनीतिक पार्टीबीच १६ बुँदे सहमतिले अहिलेसम्म जनताले पाएको अधिकारलाई खोस्दै नेपालको राजनीतिक कोर्षलाई प्रतिगमन लैजाने धारणा नेकपा माओवादीलको थियो । सोह्र बुँदे सहमतिका आधारमा संविधान बने जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको हत्या हुने र नेपाली जनताले फरि संघर्ष गर्नुपर्ने अवस्था आउने भएकाले माओवादीसहितलाई मान्य हुने गरी राजनीतिक कोर्षलाई अगाडि बढाउन जुन कुराको कुनै सुनुवाई भएको छैन । तेस्रो, भूकम्प पीडित क्षेत्रका जनतालाई राहत र उद्धार पुगिसकेको छैन । भूकम्प पीडितको नाममा अनियमितता गर्नेलाई कारवाही गरी छिटो बसोबासको व्यवस्था गर्नुपर्ने र जनताको दैनिकलाई कसरी सहज बनाउने भन्ने माओवादीले राख्दै आएको कुराका सुनाई भएको छैन । माओवादीले यी तिन कुरालाई गाउँदेखि सहर र चोकदेखि गल्लीसम्म भन्यो तर पनि राज्यले सुनेको छैन । त्यसैले उसलाई आफ्ना कुराबारे आमजनतासँग राख्ने उच्चस्तरका कार्यक्रम आवश्यक हुन आयो । नेपाल बन्दभन्दा साना कार्यक्रम माओवादी गर्दै आएको थियो । उसको अगाडिको एउटा मात्र विकाल्प नेपाल बन्द थियो । विगतका बन्दको जति बन्दको विरोध हुन्थे, त्यो यो पटक देखिएन । यसले के देखाएको छ भने सही मुद्दामा गरिने बन्दमा जनताको साथ रहन्छ । केही अराजनीतिक व्यक्तिहरुलाई छोडेर यस पटक आमरुपमा मौन रुपमा समर्थन गरेको पाइयो । यो बन्दमा विभिन्न राजनीतिक र गैरराजनीतिक व्यक्ति र शक्तिले प्रत्यक्ष र परोक्ष रुपमा बन्दलाई सहयोग गरे । नेपालको बौद्धिक जगतले पनि यो बन्दको विरोध गरेन । यस अघिका बन्दको बेला नागरिक समाजका नाममा केही व्यक्तिहरु बसन्तपुर र माइतिघर मण्डलामा बन्दको विरोध गर्न जम्मा हुन्थे । यो बन्दमा मध्यम वर्गको साथ सहयोग रहेको प्रष्टै देखिन्छ । माओवादीको बन्द दुई कारणले सफल भएको पाइन्छ । पहिलो कारण राष्ट्रिय स्वाधीनता, राजनीतिक संकटको निकास र जनजीविकासँग सम्बन्धित मागहरु भएकाले कसैले खुलेर सहयोग गरे भने कसैले मौन बसेर सहयोग गरे । अर्को कुरा नेकपा माओवादीमा देखिएको क्रान्तिकारितासँगै लडाकुपन । बन्दको पूर्वसन्ध्यामा प्रहरी हस्तक्षेपको बाबजुद देशभर एकसाथ मसाल जुलस प्रर्दशन । पार्टी नेता कार्यकर्ता सडकमा उत्रनु । पोलिट्व्यूरो सदस्य तिलक परियार, केन्द्रीय सदस्यहरु राजेन्द्र कार्की, पारसमणि, देविदत्त पाण्डे, वसन्त घर्तीमगर, गगन थापा, तेजप्रसाद अधिकारी र उत्तम विष्ट गिरफ्तार भए । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष बन्धु चन्द, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइली तिनकुने, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमाल गोंगबुबाट गिरफ्तार गरेको छ । जसअनुसार डोटीका सेक्रेटरी विवेक कुमाल, बाजुरा सेक्रेटरी बाजुरा भुपेन्द्र विक (एन्डिज), कैलाली सेक्रेटरी महेश बडुवाल, दैलेख सेक्रेटरी रामलाल विश्वकर्मा (अर्जुन), सिन्धुपाल्चोक सेक्रेटरी कमल माझी, दोलखा सञ्जिव नेपालीसहित देशभरबाट तीन सयभन्दा बढी नेता कार्यकर्ता गिरफ्तार भएका छन् । माओवादीमा आन्दोलन भनेपछि डराउने रोग थियो तर त्यो रोग यस पटक देखिएन । सबै नेता कार्यकर्ताहरु आवश्यक पर्दा गिरफ्तारी दिन तयार भए । योजना कार्यन्वयनमा उनीहरुमा जनयुद्धकालीन स्पिरिड पैदा हुनु । जुन माओवादी शान्तिप्रक्रियामा आएदेखि मर्दै गएको थियो । योजना कार्यन्वयनमा देखिएको नेतृत्वको कुशलताले पनि ठूलो भूमिका खेलेको छ । मध्यमवर्गलाई आफ्ना मुद्दाबारे कन्भिन्स वा साझा मुद्दा बनाउन सक्नु, पार्टीलाई क्रान्तिकारी स्पिरिडमा लैजानु र बस्तुगत र आत्मगत अवस्थाको मूल्यांकन गर्दै अगाडि बढेको देखिन्छ । बन्दसम्म आउँदा नेकपा माओवादीले भन्दै आएको एकीकृत जनक्रान्तिको सिद्धान्तलाई व्यवहारिक रुप दिन सुरु गरेको देखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु