उदाङगियो कनकमणिको कर्तुत

२०७१ बैशाख ६ गते, शनिबार


काठमाडौँ । कनकमणि दीक्षितले लामो समयदेखि दाताको पैसा ल्याएर द्वन्द्व चर्काउने काम गरेको बताइँदै आएको छ । दाताको पैसा ल्याएर त्यसतर्फसिन्कै नभाँची रकम दुरुपयोग गरेको संगीन आरोप दीक्षितमाथि लागिरहेका बेला एमाओवादीले उनले मुलुकको शान्ति प्रक्रियाको नाम भजाएर दातामार्फ् मोटो आर्थिक सहयोग कुम्ल्याएको रहस्योद्घाटन मात्र गरेको छैन, त्यसको पारदर्शितामाथि समेत प्रश्न उठाएको छ । एमाले पृष्ठभूमि भएका कनकमणिले पछिल्लो समयमा द साउथ एसिया ट्रष्ट नामको संस्थामार्फ् भित्र्याएको रकममाथि व्यवस्थापिका संसद्मा प्रश्न उठाइएको छ । व्यवस्थापिका संसद्को बैठकमा एमाओवादी सभासद् शक्ति बस्नेतले नर्बेजियन राजदूतावासबाट नेपालको शान्ति प्रक्रियाको लागि कनकमणि दीक्षितले ५० हजार डलर लिएको प्रमाण पेस गर्दै त्यसको पारदर्शितामाथि प्रश्न उठाए । उनले दातृ निकाय र राष्ट्रहरुबाट आएको सहयोग मनलाग्दी रुपमा व्यक्तिगत इच्छा र चाहनाअनुरुप दुरुपयोग भइरहेको नजिर पेस गर्दै त्यसबारे स्पष्ट पार्न सरकारसँग माग गरे । ‘नर्वेजियन दूतावासबाट नेपालको शान्ति प्रक्रियाको लागि भन्दै लण्डनको एमएसएसी बैंकमार्फ् केके दिक्षितको नाममा ५० हजार अमेरिकी डलर आएको देखिएको छ,’ उनले दूताबासबाट आएको सहयोगको पारदर्शितामाथि प्रश्न उठाउँदै भने, ‘कनकमणिले उक्त रकम कहाँ खर्च गरे, शान्ति प्रकृयाको लागि भन्दै आएको रकम यसरी मनोमानी रुपमा खर्च गर्न मिल्छ – सरकारले यसबारेमा संसद्लाई स्पष्ट गराउनु पर्यो ।’ उनले एमाओवादीले उठाएको मुद्दाप्रति सरकार जिम्मेवार नभएको भन्दै आक्रोश पोखे । ‘एमाओवादीले उठाएको विषयालाई पन्छाएर सरकार एमाओवादीलाई समाप्त पार्ने खेलमा लागेका छ,’ सभासद् बस्नेतले प्रत्रि्रश्न गर्दै भने, ‘व्यक्तिगत इच्छा वा समूहगत स्वार्थमा शान्ति प्रक्रिया अगाडि बढ्छ –
यसैबीच, नेपालका लागि नर्वेको राजदूत केजल तर्मेड पिटरसनले कनकमणि दीक्षितको नाममा साउथ एसिया ट्रष्टलाई दिइएको रकमबारे छानविन गर्ने बताएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गतशुक्रबार भएको भेटमा राजदूत केजलले ट्रष्टलाई दिइएको ६ करोड २८ लाख रकम दुरुपयोग भएको/नभएकोबारे छानविन गर्ने बताएका छन् । ‘हामीले दक्षिण एसियामा शान्ति र स्थायित्व होस् भन्ने चाहेर रकम दिएका हौँ’ केजलले भने, ‘यदि त्यसरी दुरुपयोग भएको रहेछ भने छानविनपछि पत्ता लाग्ला । हामी छानविन गरिहाल्छौँ ।’ भेटमा केजलले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणप्रति आफूहरुको सदा र्समर्थन र सद्भाव रहेको भन्दै आफूहरुलाई नकारात्मक दृष्टिकोणले नहेन प्रचण्डलाई आग्रह गरेका थिए । प्रचण्डलाई भेट्न लाजिम्पाटमा पुगेका राजदूत केजलले संसद्मै आफूहरुको विषयमा नकारात्मक टिकाटिप्पणी भएकोमा दुःख प्रकट गरे । जवाफमा एमाओवादीका अध्यक्ष प्रचण्डले हिमाल मिडियासँग आवद्ध केही व्यक्तिहरु नेपालको शान्तिप्रक्रिया भाँड्ने षड्यन्त्रमा लागेकोले राम्रोसँग छानविन गर्न सुझाए । ‘हामीले नर्वे सरकारलाई आरोप लगाउन खोजेका होइनौँ’ प्रचण्ड सुझाए ‘तर हिमाल मिडियासँग आवद्ध केही पात्रहरु पैसाको दुरुपयोग गरेर शान्तिप्रक्रिया भाँड्न खोज्दैछन् ।’ यसअघि हिमाल साउथ एसियाका सम्पादक तथा हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले ६ करोड भन्दा बढी रकम लिएको ग्रान्ट लेटर एमाओवादीले विहीबार संसद बैठकमा र्सार्वजनिक गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु