आउला त माघ ८ मा संविधान ? – युवराज सफल

२०७१ मंसिर २५ गते, बिहीबार

नेपाली राजनीतिक वृतमा यतिखेर आसन्न माघ ८ गते संविधान आउछ कि आउदैँन भन्ने कुराले बजार तताएको छ । वातावरणीय रुपमा मौसम चिसो भएतापनि राजनीतिक तरङ्गले भने मौसम तातिएको छ । विशेषत आम राजनीतिक पार्टी नेताहरु र र्सवसाधारण माघ ८गते संविधान आउछ कि आउदैँन भन्ने विषयमा बहश आरम्भ गर्न थालेका छन् । विभिन्न व्यक्ति र समूदायले विभिन्न कोणवाट बहशहरु र्गार्न थालेका छन् । आउछ र आउदैँन भन्ने विषयमा अनेक तर्क र कर्ुतर्क आउन थालेका छन् । तर राजनीतिक पार्टी नेताहरुको अवस्था देख्दा माघ ८ मा कुनै संविधान नआउने कुरा प्रष्ट भइसक्यो । तर पनि अझै आफ्नो लाजगाल छोप्न पार्टी नेताहरु माघ ८ मै संविधान आउछ भनी रहेका छन् । अत माघ ८ मा संविधान आउछ या आउदैँन – संविधान आउँदा के हुन्छ नआउदा के हुन्छ , संविधान जारी हँुदाका र नहुदाका अवस्थावारे संक्षेपमा चर्चा गरौँ ।
माघ ८ मा संविधान जारी गर्ने प्रसंग
पाहिलो संविधान सभाले पटक पटक म्याद थपेर पनि चार चार वर्षा समेत संविधान बनाउन नसकेपछि राजनीतिक दलहरुप्रति आम नागरिकको विश्वास टुटेको थियो । संविधान सभावाट संविधान नबनेपछि राजनीतिक पार्टी नेताहरुलाई कसरी लाज पचाउने भन्ने कुराको चिन्ता थियो । अघिल्लो संविधान सभावाट संविधान दिन नसकेका दलहरुले आम नागरिकलाई ढाँट्न माघ ८ मा संविधान दिन्छौँ भनी नेपाली नागरिकलाई हरियो घाँस देखाउने प्रयास गरेका हुन् । आम नागरिकवाट लज्जित भएपछि त्यो लाज र सरम पचाउनकै लागि भए पनि राजनीतिक पार्टी नेताहरुले माघ ८ मै संविधान दिने उधारो प्रतिवद्वता जनाएका हुन् । उनीहरुको त्यस्तो उधारो आश्वासनलाई विश्वास गर्ने हामी नागरिककै गल्ती छ । चार चार वर्षा बनाउन नसकेको संविधान १ बर्षभत्रनै बनाउछु भन्ने झुटो कुरालाई विश्वास गरी हामी नागरिकले उनीहरुको गलत कुरालाई बैधानिकता दिने कोशिस गर्यौँ ।
विगतमा पनि संविधान सभाले संविधान दिन नसकेपछि आम नागरिकमा चरम निराशा पलाउनुका साथै राजनीतिक पार्टीप्रति चरम वितृष्णा फैलिएको थियो । राजनीतिक पार्टी नेताहरुको भनाई र गर्राईवाट आजित भएका नागरिकले नेताहरुको कुरा सुन्न र बुझन छाडी सकेका थिए । आम नागरिकको निराशा तथा कुण्ठलाई नजिकवाट नियालेका राजनीतिक पार्टी नेताहरुले जनतालाई छल्ने एउटा अमूक उपाय स्वरुप माघ ८ मा हामी जसरी पनि संविधान दिन्छौँ भनेर उधारो सम्झौता गर्न पुगे । एक हिसावले उनीहरुले केही नसोचिकन् हतार हतारमा माघ ८ मा संविधान दिन्छाँै भने तर यतिखेर भनेको समयमा संविधान दिन नसक्ने देखिएपछि जनता ढाँट्न अनेक ताना बाना बुन्दैछन् । र संविधान बनाउन नसकेकोमा एक अर्कालाई दोष दिएर आफू उम्कने प्रयास गर्दै छन् । संविधान निर्माणको कुरालाई लत्याएर अनेक प्रपञ्च गर्दै छन् र संविधान निर्माणको कामलाई थाती राखेर अरुनै कुराको पछि लागेका छन् ।
हिजो आफूले गरेको वाचा पूरा गर्न नसक्ने भएपछि आज राजनीतिक पार्टी नेताहरुलाई सो वाचा निल्नु न ओकेल्नु भएको छ । निलौँ भने निल्न नसकिने अनि ओकलौँ भने ओकल्नु नैतिकताले नदिने । तै पनि आजको मितिसम्म पनि माघ ८मा संविधान दिन्छौँ भनी भ्रमको शिकार गर्दै छन् ,आश्वासनको माम बाँढ्दै छन् ,जनतालाई झुटको सहारामा बाँच्न भनी रहेका छन् । तर पनि नेताहरुको बोली बचन अनुसार काम भएको छैन । दिन प्रतिदिन सहमतिको नाममा निर्रथक मिटिङ र बैठकहरु भएपनि आजको मिति सम्म भरपर्दो सहमतिको खाका तयार हुन सकेको छैन । झन् झन् निराशा मात्र भेटिएको छ । केवल जनतालाई ढाँट्न र हिजोको असफलतावाट तत्कालको लागि जोगिन नेताहरुले माघ ८ मा संविधान दिन्छौँ भने र हामीले सोही झुटो कुरामा विश्वास गरेका थियौँ तर उनीरुले भने जस्तै माघ ८मा संविधान आउने छाँट काँट आजको मितिसम्म देखिएको छैन ।
संविधान जारी हुनेमा अन्यौलता
जसले जति सुकै रुपमा माघ ८ मै संविधान जारी गर्र्छौँ भने पनि सोही समयमा संविधान जारी हुने सम्भावना सकिएको छ । हिजो जे जति कारणले संविधान जारी हुन सकेको थिएन ती कारण तथा समस्याहरु आज पनि ज्यूँका त्यूँ रुपमा रहेका छन् । शासकीय स्वरुप तथा संघीयताजस्ता मुद्वाहरुमा आज पनि सहमति हुन सकेको छैन । यस्तो रवैया हर्ेदा तत्काल संविधान त के संविधानको मस्यौदा समेत आउनेमा प्रशस्त शंका उपशंका देखिएको छ ।समयमै संविधान बनाउन भन्दा पनि सरकार परिवर्तनको खेलमा राजनीतिक दलहरुको ध्यान गएको छ । माघ ८ संविधान जारी गर्नुभन्दा पनि संविधान जारी नगरी अर्को सरकार गठन गर्ने र त्यो सरकारमा कसले कति शक्ति हत्याउने भन्ने भन्ने प्रतिस्पर्धा नै शुरु भएको छ । पछिलो समयमा राजनीतिक पार्टी पर्दापछाडि सरकार निर्माणको लागि अदृश्य चलखेल गरिरहेका छन् । यस्ता घृणित फोहोरी खेल खेलि रहेका छन् र भनिरहेका छन् हामी संविधान निर्माणको विषयमा छलफल गर्दै छौँ । तर संविधान निर्माणमा देखिने गरी सिन्को भाँची काम भएको छैन । यस्तो रवैया देख्दा ०७१ माघ ८ भित्र संविधान जारी हुने त परको कुरा निर्माण समेत नहुने देखिन्छ ।
संकटमा संविधान सभा
संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुमा धुव्रीकरण आएको हुनाले यतिखेर संविधान सभा संकटको दलदलमा फसेको छ । संविधान सभावाट संविधान बनाउने हेतुका साथ संविधान सभामा पुगेका राजनीतिक पार्टी नेताहरु अहिले विभिन्न कित्तामा लागेका छन् । एकले अर्कालाई विभिन्न आरोप प्रत्यारोप लगाउन थालेका छन् । पहिचानवादी र पहिचान विरोधी खेमा भनेर एक अर्काको विरुद्वमा उत्रेका छन् । उनीहरुको यस्तो रवैयावाट बर्तमान संविधान सभाको औचित्य समाप्त भएको छ ।संविधान सभाभित्रै रहेका दलहरु सम्ोत आन्दोलित भएको कारण यो संविधान सभाले र्सवमान्य संविधान बनाउन सक्ने सम्भावना सकिएको ।
संविधान सभा विरोधी शक्ति
विगतमा दोस्रो संविधानसभालाई अवैधानिक र कथित भन्ने शक्तिहरु आज पनि संविधान सभाबाहिर नै छन् । बर्तमान संविधान सभालाई भंग गरी र्सवपक्षीय राजनीतिक सभावाट संविधान निर्माण गर्नु पर्छ भन्ने उनीहरुको माग छ । तर सरकार तथा संविधान सभामा रहेका दलहरुलाई अरुको गुनासो र सुझाव सुन्ने समय छैन । उनीहरु नै कसरी शक्ति हत्याउने र शक्तिशाली हुने भन्ने ध्याउन्नमा लागेका छन् । अहिले चुप रहेका संविधानसभा विरोधी शक्ति भोलि कसरी प्रस्तुत हुने हुन् अनुमान गर्न कठिन छ । अत संविधान सभाभन्दा बाहिर रहेका राजनीतिक शक्तिहरुलाई पाखा लगाएर संविधान जारी गर्ने सम्भावना देखिदैन फेरि संविधान सभा विरोधी शक्तिसँग सहमति हुने सम्भावना पनि छैन । तर्सथ संविधान सभा विरोधी शक्तिको कारण पनि माघ ८ मा संविधान आउने छाँट देखिदैँन ।
अनिर्ण्र् वन्दी संविधान सभा
आज संविधान सभा साँच्चै अनिर्ण्रे वन्दी भएको छ ,जम्वो ६०१ को टोली हाजिर गर्ने ,भत्ता पचाउने र विदेश भ्रमणमा व्यस्त छ । संविधान सभाको कुनै पनि मिटिङमा हालसम्म पूण रुपमा सहभागिता हुन सकेको छैन । आफूलाई शर्ीष्ा तहका नेता बताउनेहरुले विभिन्न कोठे बैठक र भेला गरी सिंगो संविधान सभालाई अनिर्ण्ो बन्दी बनाएका छन् । विचरा ६०१ ताली बजाउनमात्रै भर्ती भएका छन् । उनीहरुले चाहेर पनि केही गर्न सक्दैनन् । विगतमा झैँ यो पटक पनि आफूलाई प्रमूख दलका नेता बताउनेहरुको अहंकार र रवैयाको कारण संविधान सभा पूण त अनिर्ण्रो वन्दी भएको छ । यसवाट पनि माघ ८ मा संविधान रुपी खोस्टो नआउने पक्का पक्की छ ।

माघ ८ मा संविधान आउदाको अवस्था
यदि माघ ८ मा संविधान आइ हाल्यो भने त्यो संविधान अपूरो ,अधुरो संविधान आउनेछ ,अझ भनौ भित्र केही नभएको खोक्रो संविधान रुपी खोस्टो आउने हो । यदि हतारमा खोस्टो रुपी संविधान आयो भने त्यसलाई नेपाली जनताले तत्काल आगो बाल्नेछन् । हतारमा खोस्टो रुपी संविधान ल्याउनको लागि नेपाली नागरिकले तिनलाई अर्वौ खर्च गरेर संविधान सभामा पठाएका हैनन् । सबैलाई मान्य हुने गरी र्सवमान्य संविधान निर्माण गर्नका लागि नेपाली नागरिकले तिनीहरुलाई संविधान सभामा पर्ठाई संविधान निर्माणको जिम्मेवारी सुम्पिएका हुन् । बहुमत या दर्ुइ तिहाईको बलमा जवरजस्त यथास्थितिवादी संविधान जारी गर्न उनीहरुलाई संविधान सभामा पठाइएको कदापि हैन । हतार हतारमा अपूरो संविधान ल्याएर पूरा संविधानको पर्खाइमा बसका नागरिकलाई घात गर्ने कोशिस गरियो भने पक्कै पनि जनताहरुले त्यसको प्रतिवाद गर्ने छन् । जारी भएको भोलिपल्टै आगो लगाएर जलाउने छन् । अनि फेरि जनताको संविधानको माग गर्दै अर्को संर्घष्ा शुरु हुनेछ ।
माघ ८ मा संविधान नआउदाको अवस्था
यदि माघ ८ संविधान आएन भने आकाश खस्ने छैन ।धर्ती फाटिने छैन । किनकी जाल झेल र षड्यन्त्र गर्ने कथित राजनीतिक पार्टर्ीी नेताहरुले संविधान सभाको कार्यकाल चार वर्षबनाएका छन् । संविधान आएपनि नआएपनि उनीहरुले आरामका साथ चार वर्षतलब भत्ता थाप्नेछन् , आफ्नो स्वार्थ पूरा गर्ने छन् । संविधान बनाउन नसकेपनि चाँडै संविधान बनाउछौँ बन्दैछ भन्दै देशको ढूकुटीबाट अर्वौ लुटी रहेका हुनेछन् । यदि निर्धारित चार वर्षा समेत संविधान बनाउन सकेनन् भने कथित पश्चगामीहरुले ०४७ सालको संविधान व्यूँताउन खोज्नेछन् । पटक पटक नेताको गलत रवैया देखेर वाक्क दिक्क भएका आम नागरिकहरु माघ ८मा संविधान किन ल्याइनस भनेर सडकमा अपवादमा उत्रेलान् ।
माघ ८ मा संविधान ल्याउने तरिका
कुनै पनि कुरामा दृर्ढ इच्छा शक्ति भयो र राष्ट्र अनि नागरिक प्रतिको दायित्वबोधलाई महशुश गर्ने हो भने माघ ८ मै संविधान आउन सक्छ ,त्यसको लागि र्सवप्रथम निषेध तथा सिण्डिकेटको राजनीति प्रथाको अन्त्य गर्न पर्दछ । राज्य संचालन जस्तो कुरामा तीन चार दलमात्र हावी हुने प्रचलन तथा गलत संस्कारको अन्त्य गर्नुपर्छ । परिवर्तनकारी सबै राजनीतिक शक्तिको अस्तित्व स्वीकार गरी संविधान निर्माण जस्तो महत्वपूण कार्यमा समान अस्तित्वको साथ सहभागिता गराउनु पर्छ । कसैलाई काखा र कसैलाई पाखा लगाउने कार्य गर्न हुँदैन । अत अविलम्व र्सवपक्षीय राजनीतिक सम्मेलनको आयोजना गरी संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयास गर्न पर्छ । संविधान सभाको विपक्षमा रहेका शक्तिसँग वार्ता छलफल र सहमतिका प्रकृया अगाडि बढाउन पर्छ । सबैलाई जनताको संविधान निर्माण गर्ने कार्यमा सामेल गराउन पर्छ । र संविधान निर्माणमा देखा परेका मूख्य चुनौति राज्य पूनसंरचना र शासकीय स्वरुपको विषयलाई सहमतिवाट त्यो सम्भव नभए जनमत संग्रहवाट निर्ण्रागर्नु पर्दछ । त्यति गरियो भने माघ ८ मै संविधान आउनेछ र त्यो संविधानले राज्यका सबै नागरिकलाई खुसी बनाउनेछ यदि नाम मात्रैको खोस्ट संविधान आायो भने त्यसले जन्मनासाथ मृत्यूवरण गर्ने छ । नेपालीका सान ,पहिचान ,स्वाभिमान ,इमान र वलिदानको कदर नगर्ने संविधान हामी कसैलाई पनि स्वीकार्य हुने छैन ,यो कुरामा सबैलाई चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु