सहयोध्दा साथीहरूको संझनामा – बलराम तिमल्सिना

सरकारी ” वामपन्थी” विद्रोही “वामपन्थी”लाई जेल कोचेर विद्रोह रोक्न चाहन्छ । विद्रोही वामपन्थी हतारको विद्रोहमार्फत सरकारी वामपन्थी वन्न चाहन्छ । पाउँने भए पचास वर्ष अरु कोही सत्ताको छेउछाउ पनि नआइपुगोस भन्ने सरकारी वामपन्थीको सपना छ । हुने भए क्वान्टम विद्रोहद्वारा पचहत्तर सालमै सत्ता कव्जा गरेर सरकारी वामपन्थी बन्ने विद्रोहीको हुटहुटी छ । न पचास वर्ष सरकारी वामपन्थीहरू सरकारी भैरहने संभावना छ । न हतारमा कुनै विद्रोह फस्टाइहाल्ने शुभसंकेत नै छ । दुवैथरिलाई शंकट छ ।एकाध तिलस्मी कार्वाही र “छ इन्च छोटा करो” को पुनरावृत्तिद्वारा ह्वात्तै विद्रोह उठाउँने विद्रोही सोच जति आत्मघाती महसुस हुदै छ , त्यति नै गैरन्यायिक गिरफ्तारी र वेपत्ताको निरङ्कुशतामार्फत टिक्ने सरकारी सोच घोर प्रत्युत्पादक हुने देखिदै छ । सरकारलाई त के अपील गर्न सकिन्छ र थुक्न मात्रै सकिन्छ । ति विद्रोही साथीहरू ,जो हिजो सँग सँगै लडे र पार्टीको मूल नेतृत्व आत्मसमर्पणको बाटोमा लागेपछि विद्रोह गरे , कमरेड किरणको अकर्मण्यतासँग अघाए र नेत्रविक्रमको नेतृत्वमा एकीकृत क्रान्तिको सपना देख्दै छन् ती साथीहरूलाई केही भन्नु छ । देश एउटा संक्रमणकालमा छ ।अहिलै सशस्त्र विद्रोहकोलागि परिस्थिति बनेको छैन ।अझै कम्तिमा दश वर्ष त्यस्तो लक्षण देखिदैन । अव नेपालमा छापामार चलायमान र मोर्चावध्द युध्दको श्रृङ्खलाको पुनरावृत्ति पनि संभव छैन । दुई सत्ताको टक्करको उतकर्षमा हतियार सहितको विद्रोह गर्नुको विकल्प छैन भन्ने पनि सवैलाई थाहा छ ।विद्रोहको लागि वातावरण नहुन्जेल मूलत शान्तिपूर्ण स्वरुपको संघर्षको तरिकाबाट समाजवादी व्यवस्थाको थालनी गर्नु र समाजवादी व्यवस्थालाई हिजो आधार इलाकाको विस्तार गरेर केन्द्रीय सत्ता कव्जा गर्ने भनेजस्तै देशभरिका विभिन्न रुप र स्तरका समाजवादी सत्ताहरूको निर्माण र विस्तारद्वारा आम श्रमजीवि वर्गलाई गोलवन्द गरेर अन्तिम धक्का( विद्रोह) मार्फत समाजवादलाई पूर्णता दिनु अवको दिशा हुनु पर्छ ।क्रान्ति सम्पन्न भएपछि समाजवाद होइन , आजैबाट समाजवाद थालेर क्रान्तिले पूर्णता दिने हुनु पर्छ ।एउटै देशमा एकातिर दलाल पूँजीपतीहरूको सत्ता र अर्कोतिर समाजवादी सत्ता गरेर एक देश दुई व्यवस्थाको नीति अन्तरगत गएर मात्र हाम्रो वर्गका रोजी रोटीका समस्या पनि समाजवादी नीति अनुसार गोलवन्द गर्दै र लड्दै क्रान्ति अघि बढाउँन सकिन्छ ।यसो गरेर मात्रै पचासौं लाख युवाहरूलाई स्वदेश वोलाउँन सकिन्छ ।उत्पादन , विनिमय , वितरण र उपभोगसम्मका चारै चक्रमा दलाल पूजीपति , हप्ता असुली गर्ने गुण्डा , पुलिस र भ्रष्ट कर्मचारीलाई पस्न नदिने कम्युनिष्ट सम्प्रदायको विकास गरेर मात्र समाजवादी स्वाधीन पूजीको विकास गर्न सकिन्छ ।दलाल पूजीको नाकावन्दीको समाना गर्न सकिन्छ ।दुई देशीय या वहुदेशीय समाजवादी संगठनहरूमार्फत काम गरेर मात्रै आजको बहुराष्ट्रिय पूजीवादसँग लड्न सकिन्छ ।एकाध रिमोट बम पड्काएर या अरु कुरा गरेर केही दिन झण्डा त उठाउन सकिन्छ तर क्रान्ति गर्न सकिन्न ।सरकारी वामपन्थीहरूले घुष खाने कमिशन खाने र उद्योगमा लगानी गरेको गोप्य लगानीको नाफा खाने गरेर आफ्नो अर्थतन्त्र चलाएका छन् । आजसम्म विद्रोहीहरू पनि मूलत जवर्जस्ति चन्दाको श्रोतबाट चलेको देखिन्छ । दुवै थरिको आर्थिक श्रोत एउटै भयो ।उठाउने तरिका मात्रै फरक भयो। क्रान्तिकारीहरूको वाँच्ने श्रोत पृथक र आत्मनिर्भर हुनु पर्छ ।कुनै न कुनै हिसावले वर्ग वैरीसँग निर्भर भएपछि उसका विरुध्द अन्तिम आक्रमण गर्नै सकिन्न ।
विद्रोही साथीहरू !
मेरो विनम्र अनुरोध छ , तपाईहरू आफ्नो तरिका वारे पुनर्विचार गर्नुहोस । आजको पूजीवादको चरित्रवारे अझै छलफल गरौं। अव लड्ने तरिकावारे अजै बहस गरौं । दुनियाँ नलडेर र वदलिदैन तर अवैज्ञानिक तरिकाले लडेर पनि वदलिदैन। ।हाम्रो लड्ने तरिका खराव भयो भने हामीले लडाई हार्छौं ।हामीलाई प्रचण्ड बनेर वैरीको खुट्टामा नाक रगड्न पनि नैतिक छुट छैन ।साथै भावुक विद्रोही बनेर भीमकाय सत्तासँग खेलवाड गर्ने छुट पनि छैन ।
भावुक र उत्तेजित नभै ठण्डा दिमागले सोचौं !
विसौं सताव्दिको पुनरावृत्ति गरेर विद्रोह क्रान्ति केही हुदैन ।जुन पहरामा टाउको ठोक्किएर प्रचण्ड बाटो मोड्दै जाँदा संसदीय गुहेकीरामा वदलिए तपाईहरूको दिशा र दसा पनि त्यही हुने देख्दै छु । सँगै लडेको साथी हुनुको नाताले देखेको कुरा भनेको हुँ , अन्यथा नलिनु होला ।
दुनियाँ हामीलाई उत्तेजित बनाएर मूर्खतापूर्ण गल्ति गराएर अलगावमा फसाउँने र कठैवरी भन्ने मान्छे पनि डरले नवोली बस्ने वातावरण बनाउँन र हामीलाई खरानी बनाउँन चाहन्छ ।
हामीसँग आत्मसमर्पण र गद्दारीको सानदार विकल्प छ ।
हामीसँग मूर्खतापूर्ण उपद्रो र आत्मघातको पनि विकल्प छ ।
बसौं , सोचौं छलफल गरौं !
हामीसँग अर्को पनि विकल्प छ !

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>