क्रान्तिकारी पत्रकार संगठन नवलपरासीको अध्यक्षमा डुम्रे

२०७४ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं , २९ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपाल नवलपरासीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शिव डुम्रे अध्यक्ष रहने गरि १३ सदस्यीय जिल्ला समिति निर्वा्चित गरेको छ । संगठनको सचिवमा प्रतिक्षा उपाध्याय रहेका छन । सदस्यहरु धनिराम चौधरी नैना क्षत्री , शिद्धिचरण गुप्ता , विकास आचार्य , अस्मीता गैरे लगायत रहेका छन् । सम्मेलनको उद्घाटन संगठनका नेन्द्रिय सदस्य तथा लुम्बिनि ब्युरो संयोजक प्रकाश डुम्रेले गरेका थिए ।
सो क्रममा उनले राज्यपक्षबाट नै आस्थाको आधारमा कलमजिवी पत्रकारहरुमाथि धरपकड हुने क्रम बढेको भन्दै त्यस्तो कार्य बन्द गर्न आग्रह गरे । उनले पत्रकारहरुले स्वतन्त्र रुपमा कलम चलाउन पाउनुपर्ने भन्दै प्रश तथा अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य गर्न नहुनेमा जोड दिए ।
सम्मेलनमा नेकपाका जिल्ला ईन्चार्ज सुमन ज्ञवाली ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुृरुषोत्तम सुवेदी , नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्मा , वरिष्ठ पत्रकार डा. शिवसंकर वस्याल , प्रेस चौतारीका जिल्ला अध्यक्ष्य केशव पराजुली लगायतले संबोधन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु