राष्ट्रपति सी भेटघाटमा व्यस्त

२०७६ आश्विन २६ गते, आईतवार

काठमाडाैँ, २६ असाेज । चिनियाँ राष्ट्रपति सी जिन पिङ आज बिहानैदेखि महत्वपूर्ण भेटघाटमा व्यस्त भएका छन । सीले आज नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेसँगै द्विपक्षीय छलफलमा सहभागी हुने बताइएको छ । बिहान ७ बजे नेकपा प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजे शिष्टाचार भेट हुनेछ।
प्रधानमन्त्रीसँगकाे छलफलपछि नेपालको तर्फबाट प्रस्तुत गरिएका बिआरआई परियोजनामा सम्झौता गर्ने समेत तयारी गरिएको छ । यस्तै, बैठकमा सीले महत्वपूर्ण घोषणा समेत गर्ने जानकारी आएको छ । शनिबार काठमाडाैँ अाइपुगेका सी आइतबार मध्याह्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल तर्फ जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु