योद्धा तिर्थराजको बलिदान र हाम्रो दायित्व -गोकुल राना ’महान’

‘क्रान्ति भनेको भोज भतेर होइन, न लेख लेख्नु हो न चित्रकारी गर्नु हो, न त कारचोपी भर्नु हो, यो त्यति परिस्कृत हँुदैन यो त्यति सुविस्ताको र नम्र हुदैन, यो त्यति शान्त, दयालु, शिष्ट, संयमित र उदार हुदैन । क्रान्ति भनेको विद्रोह हो, हिंसाद्वारा गरिने यस्तो क्रिया हो जसबाट एउटा वर्गले अर्को वर्गलाई पल्टाइदिन्छ ।’ – माओत्सेतुङ
नेपाल कम्युनिस्ट पार्टीको देशब्यापी प्रभाव जनमानसमा परेपछि अत्तालिएको सामाजिक दलाल फासीवादी सरकारले आफ्नो असफलता र भयानक काण्ड ढाकछोप गर्न एउटा सामान्य प्राविधिक घटना (एनसेल र रोहन गुरुङ्ग) लाई लिएर ने. क. पा. माथी फाल्गुन २८ गते प्रतिबन्धको घोषणा गर्यो । यो घोषणा उति बेलाको संकट काल जस्तै थियो र हो पनि, प्रतिबन्ध लगाएर ऊ आफ्नो असफलताको ढाकछेप गर्दै आत्मरतीमा रमाउने सरकारको गलत प्रवृतिका विरुद्द सत्तारुढ पार्टी र सदनमा पनि मतभेद र विरोध उत्पन्न भयो भने यो देश र श्रमजीवी जनतालाई माया गर्ने चिन्तन मनन गर्ने सारा बुद्धिजीवी, पत्रकार, विश्लेषकहरु, जनताहरुले खुलेरै बिरोध गरे भने देशको राजनीति दुई ध्रुवमा विभाजित हुन पुग्यो । प्रतिबन्ध लगाउने शृखंला एनसेल र वैदेशिक रोजगार कम्पनि माथिको कार्वाही मात्रै थिएन । घटनाक्रमहरु हेर्दा केपी सरकारको असफलता नै मुख्य थियो । हन्जामूनको होली वाइन देखि इन्डो प्यासविक स्टाटजी, दर्जन भन्दा बढी काण्डै काण्डको बिचमा आफ्नो असफलता ढाकछोप गर्न जनतालाई भ्रम छर्न नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । सुखी नेपाली र समृद्ध नेपालको नारा दिएर केपी सरकारले कुनै पनि भ्रष्ट्रचारी, तस्कर, सुदखोर, भू–माफियालाई कार्वाही गर्न सकेन उल्टै बालुवाटारको ललिता निवासको जग्गा कम्युनिस्ट नामका महासचिवको नाममा दर्ता हुनु, खुल्ला मञ्च जस्तो ठाउँमा सटर बनाएर भाडामा दिनुले यो सरकार कति निकम्बा र आडम्मबरको धङ्धङ्तीमा रहेछ भन्ने कुरा स्पष्टै हुन्छ । ने. क. पा. माथी प्रतिबन्ध लगाइ सकेपछि चैत मसान्तसम्म सिध्याइदिन्छु, हतियार लिएर बुझाउन आउ नत्र सिध्याइदिन्छु भन्दै केपी ओली चिच्याइरहेका छन् यसले के बुझाउछ भने केपी ओलि कति त्रसित र छेरुवा मान्छे रहेछन, झापा बिद्रोहको हतियार कोशी नदीमा फ्यालेर आएका केपीलाई जनताको तागत थाहै रहेनछ । झुटो राष्ट्रवादको नारा दिएर चुनावमा बहुमत लिएर जनतालाई भ्रम छर्दै आफ्नो सरकार टिकाउन तल्लिन छन् केपी ओलि, प्रतिबन्धपछि ने.क.पा. का स्थायी कमिटी सदस्य सुदर्शन देखि लिएर तिनसयको हाराहारीमा नेता, कार्यक्रता माथीको दमन धरपकड केपी बादल कम्पनि सरकारले आज हिरासत, कारागारको चिसो छिडीमा यातना दिएर राखेको छ । सरकार समस्याको समाधान बन्दुकको नालबाट खोजिरहेको छ । निश्चय नै हतियारको आलोचनालाई आलोचनाको हतियारले परास्त गर्न सक्दैन, फलाम काट्न फलाम नै चाहिन्छ । यतिबेला सरकार ने.क. पा. लाई जसरी नि प्रतिक्रियावादी युद्धमा तान्न चाहन्छ । देशमा जबर्जस्ती युद्ध थोपरेर आफ्नो लूटको स्वर्ग जोगाउनको लागि अनेकौ तिकडम गर्दैछन केपी–पिके बादल कम्पनिले, देश दुई वर्गमा विभाजन भइसकेपछि सरकारी निकायका सुरक्षाकर्मीहरु पनि विभाजित नै देखिन्छन । केपी–पिकेको प्रतिबन्धपछि सफलता हात नपरेपछि उनीहरु आफ्नो आधुनिक दासहरुको टास्कफोर्स बनाएर ने. क. पा. विरुद्धको अभियानमा लागेका छन् । यही सिलशिलामा हिजो केपी, पिके, बादलका दासहरुले खोटाङ्ग र भोजपूरको सिमाना टेम्केमैयुङ्ग गाउँ पालिका २ छिनामखु स्थित धोत्रे जङ्गलमा एक क्रान्तिकारी योद्दा तिर्थराज घिमिरे कामरेड ‘राजु’ को गोली हानी हत्या गरिएको घटना सनसनीपूर्ण तबरले मिडियामा आयो । सम्भव त ने. क. पा. पार्टी बनिसकेपछि प्रहरीको गोली खाएर सहादत प्राप्त गर्ने उनी पहिलो योद्धा हुन । यस अघि धनरूप बटला राप्रपाका कार्यकर्ता र उम्मेदार थिए भने प्राविधिक कमजोरीका कारण कामरेड सनराइजको सहादत भएको थियो । उहाँहरुको उच्च बलिदानलाई पनि सम्मान गर्नै पर्छ । तिर्थराजको जो घटना प्रहरीले बाहिर सार्वजनिक गर्यो, वास्तवमा त्यो सत्य नभएर उनी एउटा वाइनाकुलरसङ्ग पार्टी कामको सिलसिलामा हिडिरहेका थिए । उनलाई पुलिसले गिरफ्तार गरेर गोली हानिएको छ । कपिलवस्तुमा पनि पुलिसले गिरफ्तार गरेर सौचालयमा लगी गोली हानेको थियो । यी घटनाहरुले के जनाउछ भने सामाजिक दलाल फासीवादी सरकार क्रान्तिकारी योद्धाहरु र क्रान्तिकारी युद्धलाई जबरजस्ती प्रतिक्रियावादी युद्धमा धकेल्न खोजिरहेको छ र आफ्नो दलालतन्त्र टिकाउन खोजिरहेको छ । देशमा बढ्दो पश्चिमी (अमेरिकी )प्रभाव पश्चिमाहरुको ग्राइन डिजाइनमा परेर आपूm पनि सिद्धिने र क्रान्तिकारी योद्धाहरु र आन्दोलनलाई समाप्त पार्ने जो रणनीति छ यहाका दलाल शासकहरुले राम्रो सङ्ग बुझेको देखिदैन । अब हामी यूवाहरुको दायित्व, भुमिका के हो त भन्दा, क्रान्तिकारी योद्धाहरुलाई गोलीले ढालेर क्रान्तिकारी आन्दोलन धरासायी पार्ने जुन सोचमा शासकहरु छन् त्यसको व्यापक चिरफार खण्डन गर्नु पर्नेछ । उनीहरु हामीलाई उत्तेजित पारेर युद्धमा तान्न चाहन्छन्, एउटा कम्युनिस्टले युद्ध कहिल्यै चाहदैन, उसले चाहन्छ त केवल क्रान्ति । विश्व मानव मुक्ती, शान्ती, स्वतन्त्रता, समानता र अधिकारको लागि लड्ने क्रान्तिकारी योद्धाले युद्धबाट समाधान होइन क्रान्तिबाट समाधान खोजिरहेको हुन्छ । हामीले भनेको वैज्ञानिक समाजवाद–साम्यवादमा राज्य बिलोपिकरणको कुरा गरेका छौँ । के हामीलाई बन्दुक बोक्न रहर छ र ? माओले भने झैं क्रान्तिको मुख्य प्रश्न राज्यसत्ताको प्रश्नलाई हल गर्नु हो । राज्यसत्ताको प्रश्न हल हुने बित्तिकै बन्दुकको समाधान त अवश्य निस्केला नि ! तर दलाल सरकारले युवा योद्धाहरुलाई उद्देलित, उत्तेजित बनाएर २०५२ सालमा झैं रगतको होली खेल्न चाहन्छ । तर हामी त एकीकृत जनक्रान्तिमार्फत् राज्यसत्ताको प्रश्न हल गर्न चाहन्छौं । आम श्रमजिवी जनसमुदायलाई आह्वान गर्न चाहन्छौ । निश्चय नै यति बेला योद्धा तिर्थराजको बलिदानले हामीलाई उद्देलित, आक्रोशित त बनाएको छ नै तर त्यति नै संयमित, गम्भीर र कर्तव्यनिष्ट, दायित्वबोध बनाएको छ यी फासीवादी दलाल शासकहरुसङ्ग अन्तिमसम्म लड्ने ऊर्जा, प्रेरणा मिलेको छ । योद्धा तिर्थराज तिमीलाई रातो सलाम !!

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>