जनयुद्ध नै नेपाली जनताको बिकल्प हो – बिनोद दाहाल

जनयुद्ध सफल भयो कि असफल ? यो सबैभन्दा धेरै खोजीको बिषय हो । क्रान्तिकारी र प्रतिक्रान्तिकारी दुबै कित्ताले यसबारे बहस चलाईरहेका छन् । अन्तिममा बाबुराम र प्रचण्डले असफलता भएको बुझेका हुनुपर्छ किनकि प्रछण्डका विश्वास पात्र भन्छन्, ‘पूरै डुबिसकेको जहाजबाट प्रचण्डको कुशलताले जोगिए ।” यो असफल भयो भन्ने बुझई हो । बाुबुराम र प्रचण्डको पक्षमा बोल्ने त्यस्ता मानिसबाहेक अरुको बुझाई नितान्त फरक छ — हामीले आफ्नो ठाउँबाट जनयुद्धमा विजय भएका छौं । जनयुद्ध मूल रूपमा विजय भएको हो । जनयद्धको धक्काले प्रतिक्रियावादी सत्ता आफ्नो शासन व्यवस्थालाई सञ्चालन गर्न नसकेर बिघटनतिर गएको थियो । माओवादीले २०५७ को दोश्रो राष्ट्रिय सम्मेलनबाट युद्धनीति दीर्घकालिन जनयुद्ध छोडेर जनयुद्ध मात्र अर्थात् विद्रोहात्मक ढङ्गले अघि बढ्ने नीति लिए पनि जनक्रान्ति झन् बेगवान बनेको थियो । शाही सेनाले युनिफाईड कमान्ड बनाएर नरसंहारका कैयौं दर्दनाक घटना घटाउँदा पनि जनसेना जनयुद्धमा एकपछि अर्को पाईलामा अघि बढिनै रहेका थिए, जनसत्ताहरूको विकास र विस्तार भैरहेको थियो । प्रतिक्रियावादी राज्यसत्ता अर्थात संसदवादी र राजावादी मिलेर शासन व्यवस्था सञ्चालन गरेको शासन व्यवस्थामा बिग्रह पैदा भई राजावादीले संसद्वादीलाई ङ्याकेर लाखा–पाखा पारेको अवस्था थियो । दुश्मनको शक्तिमा फाटो आएको बेला पार्टीको चुनुवाङको निर्णय, १२ बुँदे समझदारी भएको थियो । जनआन्दोलनको नाममा जनबिद्रोह गरेर क्रान्तिसम्पन्न हुने वातावरण बनेको थियो । यसको लागि माओवादी पार्टीले एउटा योजना तयार पारेको थियो । त्यसैअन्तर्गत माओवादी पार्टीले २०६२ चैत्र १ गतेदेखि अनिश्चितकालिन उपत्यकामा नाकाबन्दी लगाएको थियो र सैन्य तथा जनशक्ति शक्ति केन्द्रित गरेर प्रतिक्रियावादी राज्यव्यवस्था ढालिदिने योजना लागू गरेको थियो । राजावादीहरू प्रतिक्रान्तिको दुस्साहस गर्दै थिए भने संसदवादीहरू आफ्नो भूमिका शुन्य स्थिति देखि छटपटी गर्दै थिए । माओवादीले राजावादी र संसदवादी प्रतिक्रियावादी शक्तिलाई कसैगरी मिलेर शक्ति निर्माण हुने स्थिति बन्न दिनु हुँदैन भन्ने नीति लिएको थियो । यसैबीच २०६२ चैत्र ६ गते माओवादी र संसदवादीबीच १२ बुँदे समझदारीमा जस्तै जुन समझदारी बन्यो त्यसले प्रतिक्रियावादी शक्ति मिलाएर शक्ति पुनस्र्थापना हुने चोर बाटो बन्यो । प्रतिक्रियावादी राज्यशक्तिलाई ध्वस्त पार्न सकिने अन्तिम पाईलाबाट माओवादी चिप्लिन पुग्यो । माओवादी नेतृत्वमा जनशक्ति र सैन्यशक्तिले विजय हासिल गर्दागर्दै नेतृत्वको कार्यकुशलतामा देखिएको अक्षमताले गर्दा १९ दिने जनआन्दोलन अन्ततः सामान्य ढङ्गले अनुमान लगाए झैं प्रतिक्रियावादी शक्तिलाई पुनः एउटै शक्तिको रूपमा आउने वातावरण बन्न पुग्यो । अन्ततः माओवादी नेतृत्वको अक्षमताका कारण आफ्नो जनशक्ति र सैन्यशक्ति विजय हुँदाहुँदै पनि असफल भएको स्थिति बन्यो । त्यसैले सहजै भन्न सकिन्छ कि जनयुद्धमा माओवादी नेतृत्व अक्षम भए तर जनताले राज्यसत्तालाई जित्न सकेको स्थिति हो ।
यस्ले प्रश्न उब्जाएको छ, यस्तो कमजोर नेतृत्वले १० वर्षसम्म जनयुद्धको नेतृत्व गर्न कसरी सम्भव भयो । वर्ग दुश्मन फुटेको बेला प्रहार केन्द्रित गर्न नसक्नु र दुश्मनलाई सहजै मिल्ने वातावरण बनाउनु नेतृत्वको अक्षमता हो । घटनाक्रम हेर्दा लाग्छ नेतृत्वको अक्षमता कैयौं पटक भएका थिए । मुख्य नेतृत्वको दिमागमा बहुलवादले घर गरेको बुझ्नै सकेका थिएनन् । यस्तो अवस्थामा उक्त बहुलवादले संसदवाद माग गरिसकेको पनि बुझ्नै सकेका थिएनन् । बहुदलीय प्रतिस्पर्धाका नाममा आएको प्रतिक्रियावादी बिचारले शक्ति निर्माणमा लाग्नु स्वभाविक थियो र त्यस्तै भयो । बाबुराम जस्तो गैरकम्युनिस्ट र एजेन्ट भएको रूपमा बुझ्ने र बुझाउने गरिएको थियो । पार्टीको उपल्लो नेतृत्वमा त्यस्तो मान्छे कसरी बसिराख्न सम्भव भयो भन्ने पनि अहम् प्रश्न हो । नयाँ बिचार शृंखलाको रूपमा प्रचण्डपथ रहेको बुझाउने र बुझ्ने नेतृत्वले कम्युनिस्ट नीति, सिद्धान्त र मूल्यमान्यता कतिसम्म बुझेको रहेछ भन्ने स्पष्ट नै छ । पार्टी र मुख्य नेतृत्वले लोकतान्त्रिक गणतन्त्र पारित गर्दा पनि नबुझ्ने र बुझे पनि प्रतिवाद गर्न नसक्ने, आलोचक नेता— कार्यकर्ताहरूलाई वर्ग दुश्मनकै हैसियत दिएर खेद्ने, एकल शक्तिशाली नेतृत्वको आवश्यकता भएको मुख्य नेतृत्व व्याख्या गर्दा कुनै शङ्कासमेत नगर्ने स्थिति बनेको थियो । ताजुव लाग्ने कुरा के थियो भने वर्ग दुश्मनलाई हतियार बुझाउने स्थिति आउँदासमेत नेतृत्वको आलोचना गर्न नसक्ने कति मकजोर नेतृत्व रहेको थियो । यति हुँदाहुँदै पनि नेतृत्वले प्रत्याक्रमणको दोश्रो योजना लागू हुँदासम्म जनता, कार्यकर्ता र इमानदार नेताहरूसमेत निरन्तर अघि बढी नै रहे । दुश्मनलाई फुटाएर आक्रमण गर्न र टुक्राटुक्रामा पारेर ध्वस्त पार्न र केन्द्रीय सत्ता कब्जागर्न, राजधानी केन्द्रित आक्रमणमा सामेल हुन जनसेना र नेता–कार्यकर्ता जनपरिचालनसहित उत्रिएका थिए ।
जनता र कार्यकर्ताको स्तरबाट पनि जनयुद्ध विजय भएको स्थिति हो । आमजनताको बुझाईमा माओवादीले विजय हुनुपर्छ भन्ने थियो । नेतृत्वको कमजोरी वा गलत नियत, पार्टीका नीति, योजना र कार्यक्रम, जनसमुदायले बुझ्ने र व्याख्या गर्ने सवाल जनताको हैन, वलिदानीपूर्ण संघर्ष र जनपक्षीय शैली र जननीति व्यवहारमा आएको देखेर जनताले बुझाई पेस गर्ने सवाल हो । जनभावनालाई व्यक्त गर्न पाउँदा जनताले आफ्नो बुझाई देखाए— माओवादी नै सही । संविधानसभाको चुनावमा जनलहर नै उर्लियो । यो जनस्तरबाट माओवादीको विजयको सङ्केत हो । त्यसैले सहजै भन्न सकिन्छ जनयुद्ध विजय भएको थियो ।
माओवादी पार्टीको मुख्य नेतृत्वले विचारको विकास गर्न नसकेको, क्षमताको विकास गर्न पनि नसकेको, नेतृत्वमा अवसरवाद पलाएको, नेतृत्वलाई जनताबाट छुट्याएर वर्गदुश्मनले प्रयोगमा ल्याएको, षड्यन्त्रमार्फत सर्वहारावर्गको हतियार वर्गदुश्मनले षड्यन्त्रमार्फत खोसेको र नेतृत्वले जोगाउने नियत नराखेकोले माओवादी आन्दोलनका मूल नेतृत्व अक्षम र नालायक थियो भन्ने प्रष्ट नै छ । यिनै नेतृत्वका कारण जनयुद्धलाई विजयमा परिणत गर्न नसकेको हो । माओवादी नेतृत्वकोले अन्तिमसम्म पनि हतियार पूर्ण रूपमा दिन नखोजेको, बिद्रोहका लागि आपूmलाई तयारि अवस्था रहन आह्वान गरिरहेको, सडकमा जनयुद्ध जारी छ भन्ने नारा घन्किने कुराले जनयुद्ध पछिसम्म पनि जनस्तरबाट माओवादी नै बिकल्प हो भन्ने स्पष्ट भएको छ ।
जनयुद्ध सारमा विजय भयो तर परिणाममा असफलतामा पुग्यो । जनयुद्धको विजयमा नेतृत्वको भूमिकाले काम गरेको देखिंदैन । जनताले लडिरहे, नेतृत्वले नियन्त्रणको प्रयास गरिरहेको देखिन्छ । मुख्य नेतृत्वमा बिद्रोहको नेतृत्व गर्ने क्षमता विकास भएको देखिंदैन । जनता बिद्रोह मन पराइरहेको देखिन्छ तर नेतृत्वले त्यसको नेतृत्व गर्ने हैसियत नभएको निष्कर्ष निकाल्न सकिन्छ । जनताको बिद्रोह अर्थात जनयुद्ध नेपालको सन्दर्भमा सफल प्रयोग हो । मुख्य नेतृत्व नालायक भएपछि र उसमा अवसरवाद पलाएपछि ऊ देशी–विदेशी प्रतिक्रियावादीको खेलौंना बन्न पुग्छ । जनयुद्ध विजयतिर लम्किरहेको बेलामा विदेशी प्रतिक्रियावादी शक्तिसँग नेतृत्वको पार्टी नीति बिपरित साँठगाँठ र अवसरवादी प्रबृत्तिको उत्पति हो । नेतृत्वको जनशैली र जननीति व्यवहारमा लाने समस्याले यो स्थिति आएको हो ।
प्रचण्डले सबै जनसेना र कार्यकर्तालाई ‘वारभेट्रान सर्टिफिकेट’ दिने आश्वासन नै दिएका थिए । उनले सफल नदेखेको पणिाम स्वरूप यो कुरा पार्टीको बुझाई हो । यसमा जनयुद्धको विजय भएको भनाई हो । प्रतिक्रियावादी शक्तिहरू मिलेर राज्यसत्तामा पुनः पूर्ण रूपले हत्याईसक्दा पनि जनवादी राज्यसत्ता सफलतामा टुङ्याउने नेतृत्वको काम बाँकि छ भनेका थिए । यो सम्भव देखे वा कार्यकर्तालाई झुक्याउन यसो भन्न पुगे सँधै विवादको बिषय बन्न पुगेको छ ।
माओवादी पार्टीले दीघकालिन जनयुद्धको नीति बदले पनि देशमा बिद्रोहलाई साथदिने जनता भएका हुनाले जनयुद्ध अघि बढिरहेको थियो । जनआन्दोलन ०६२– को पुर्वसन्ध्यामा केन्द्रीय सत्ता ढाल्नका लागि निरङ्कश राजतन्त्रले खेदेका संसदवादीसँग माओवादी पार्टीले अनुरोध गरेको थियो । यसबाट पनि पुष्टि हुन्छ कि नेपालमा जनयुद्धको सफल प्रयोग भएको सहजै र गौरवका साथ भन्न सकिन्छ ।
त्यसैले भन्न सकिन्छ कि नेपालको सन्दर्भमा भएको दीघकालिन जनयुद्ध वा सर्वहारा विश्व क्रान्तिको लागि माओवादी जनयुद्ध नै जनक्रान्तिको लागि सहि नीति हो । नेपालमा दीर्घकालिन जनयुद्धबाट आधार खडा भएपछि बिद्रोहात्मक ढङ्गले जनक्रान्ति सम्पन्न गर्ने पार्टीको नीति लागु भयो । यो सफल भयो । नीति पास गरेपछि त्यसपछिका दिनमा पार्टीले जनबिद्रोहको लागि वातावरण बनाउँदै लग्यो । नेतृत्वले यसको बाहानामा नबुझिने गरी दक्षिणपन्थी बाटो अख्तियार ग¥यो । जनता र जनसेनाले निरन्तर जनयुद्ध जारिराखे । दुश्मनलाई हायलकायल पार्दै वर्गबैरीका हेडक्वाटर घेराउ स्वरूप लाइफ लाइन टुटाउदै राजधानीमा अनिश्चितकालिन नाकाबन्दी गर्न पुगे । राजाको नेतृत्वमा रहेको केन्द्रीय सत्ता ढल्ने निश्चित नै भएको थियो । यो जनताको पराक्रम हो । एउटा वर्गसंघर्षको सफल प्रयोगको एउटा नयाँ इतिहास हो ।
माओवादी अक्षम नेतृत्वका कारण विजयको अन्तिम पाईलाबाट पछाडि परेको जनक्रान्ति फेरि पनि विजय हुनका लागि सही नीति जनयुद्ध नै हो र नेपालको सन्दर्भमा दीघकालिन जनयुद्ध नै हो । जनतिसुकै विज्ञान र प्रबृत्तिको प्रयोगले बिद्रोहको गतिलाई बढाए पनि आखिर युद्धमा भिड्ने जनता नै हुन् र जनसत्ता, जनअदालत र जन सेनाको निर्माण दीघकालिन युद्धबाट मात्र सम्भव सम्भव हुन्छ । प्रतिक्रियावादी शासन व्यवस्थाले जति नै प्रयास गरे पनि शोषित र उत्पीडित जनताका समस्या समाधान गर्न सक्दैन । प्रतिक्रान्तिमार्फत पुनः स्थापित भएको प्रतिक्रियावादी राज्यव्यवस्थाको नीति, कार्यक्रम र योजनाबाट नै यो सहजै बुझ्न सकिन्छ । फेरि पनि नेपालमा जनयुद्ध नै हुनेछ । जनयुद्ध नै नेपाली जनताको बिकल्प हो । जनयुद्ध नै नेपालमा सफल हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>