गजलहरु – लिला दाहाल

२०७५ असार २१ गते, बिहीबार

आकाश र धर्ती पनि कहिँ न कहिँ जोडिएको छ
पत्थरलाई कुँदेर यहाँ भगवान मानिएको छ

पढ्न मन छ उसको खुला किताबको पाना
मेरो दिलमा त उ नै राज बनि सजिएको छ

नभेटेको मान्छे र नचाखेको स्वाद कस्तो होला
मनमा सँधै मेरो खुल्दुलीको बाँस बनाइएको छ

फुल्छ होला फुल रोपे प्रेमको यो प्रेमनगरीमा
टाढै भए पनि आउने जाने बाटो खोलिएको छ

हुन सक्छ एकदिन सगरमाथा पनि समुन्द्र यहाँ
घमण्ड नगर कसैले जीवन पोसाकमा सजिएको छ
* * * * * * *
जुदाइदेउ माया का ती नसालु नजरहर
आइ बस अंगालोमा फाली देउ डरहरु

मदहोश मुस्कान सँगै फेसबुकमा तिमी देख्दा
उमुक्त भै उफ्रि दिन्छ्न यी मेरा रहर हरु

नयन तिम्रा सारै लोभी चुम्बक जस्तो आकर्षक
लाग्छ भए हुन्थ्यो मोबाइल मै छिरिजाने चरहरु

हराउछु तिमी भित्रै म आउ खाउ कसमहरु
मायाको भन्सार छिर्न तिरिदिउला करहरु
* * * * * * *
अब मलाई तिम्रो मिठो बात चाहियो
टाढा बाट होइन सँगै बस्ने साथ चहियो।

चालिस काटे पछी रमाउनु छैन मलाई
बैँस हुँदैमा बैसालु ती प्यार चाहियो

कति गरु दुख यो दुई दिनको जीन्दगीमा
सबै दुख बिर्साउने न्यानो त्यो काख चाहियो।

मरे पछि स्वर्ग को चाहाना छैन मलाई
बाचुन्जेल तिम्रो निश्चल चाल चाहियो ।

हाँसो मा हाँसो मिसाउने दुख मा मन
गिलास मा गिलास मिलाउने साम चहियो ।

प्रतिक्रियाहरु