बिश्व

किन केही मानिसहरूको मुखबाट झुटो मात्र निस्कन्छ ?

काठमाडौँ । के कारण छ कि केही मानिसहरूको मुखमा जुनसुकै बेला पनि झुटो कुरा मात्र निस्कन्छ, जबकि केही मानिसहरू साँचो कुराका लागी जस्तो सुकै त्याग गर्नपनि तयार हुने गर्दछन्् । हालै गरिएको एक अध्ययन अनुसार, यसको सम्बन्ध सिँधै मस्तिष्कको एक भागसंग हुने गर्दछ । अध्ययनको निष्कर्षा बताइए अनुसार, संज्ञानात्मक नियन्त्रणका लागी उत्तरदायी हुने मस्तिष्कको एक […]

२०७१ भाद्र २३ गते, सोमबार

कायरताको संज्ञा दिदै १८ प्रहरी निलम्बित

नयाँ दिल्ली, २१ भदौ । भारतको नक्सल प्रभावित छत्तिसगढ जिल्लामा कार्यरत १८ जना सुरक्षाकर्मीलाई कायरताको संज्ञा दिदै निलम्बन गरिएको छ । जसमध्य १७ जना केन्द्रिय रिजर्ब पुलिसका हुन भने एक जना छत्तिसगढ तोगपाल थानामा कार्यरत छन् । गत मार्च ११ मा सुकमा जिल्लामा भएको घटनाको छानविन पछि आएको प्रतिवेदनका आधारमा निलम्बन गरिएको बीबीसी हिन्दी सेवाले […]

२०७१ भाद्र २१ गते, शनिबार

इस्लामिक स्टेटका बरिष्ठ सैन्य कमाण्डर मारिए

इराक, २० भदौ । इराकमा संघर्षरत स्लामिक स्टेटका एक शीर्ष कमाण्डर सैन्य कार्वाहीमा मारिएका छन् । इराकका सरकारी सञ्चारमाध्यमहरुका अनुसार उत्तरी शहर मोसूलमा भएको हवाई हमलामा आईएसका नेता अबु बकर अल बगदादीका एक शीर्ष सहयोगीको मृत्यु भएको हो । यसबारे स्लामिक स्टेटले भने पुष्टि गरेको छैन । इराकी टेलिभिजनले एक रक्षा अधिकारीलाई उधृत गर्दै स्लामिक […]

२०७१ भाद्र २० गते, शुक्रबार

फेरि अर्का अमेरिकी पत्रकारको घाँटी रेटी हत्या

काठमाडौं, १८ भदौ । इराकमा इस्लामिक आतंकबादी समूह आइंएसले फेरी एक अर्का अमेरिकी पत्रकारको हत्या गरेका छन् । सिरियामा कार्यरत अमेरिकी पत्रकार स्टीवेन सोटलाफ हत्या गरिएको भिडियो सन्देश जारी गरिएको हो । भिडियोमा सोटलाफलाई घुँडा टेकाएर एक नकावधारी ब्यक्तिले चक्कुले घाँटी रेटेको दृश्य देखाइएको छ । गत सन् २०१३ देखि बेपत्ता रहेका सोटलाफलाई गत महिनामात्रै […]

२०७१ भाद्र १८ गते, बुधबार

जिहादी समूहसंग लड्न कडा कानुन

काठमाडौ , १७ भदौ । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले जिहादी समूहसंग लड्न जाने बेलायती नागरिकलाई रोक्न कडा कानुन सार्वजनिक गरेका छन् ।मध्यपूर्वका देशहरुमा इस्लामिक चरपन्थीहरुले जारी राखेको आन्दोलनमा सहभागी हुन जाने आफ्नो देशका नागरिकलाई जान नदिन पहिलो चरणमा प्रहरीलाई अधिकार सुम्पिएको प्रधानमन्त्री क्यामरुनले संसदलाई जानकारी गराएका छन् । उनका अनुसार ती देशहरुमा जाने बेलायती नागरिकलाई […]

२०७१ भाद्र १७ गते, मंगलवार

एकपटक धोका दिनेले पटक-पटक दिन्छ

काठमाडौँ । एउटा नयाँ अध्ययनका अनुसार जुन व्यक्तिले एक पटक धोका दिन्छ उसले पटक-पटक धोका दिने सम्भावना रहने खुलासा गरेको छ । मेट्रो डट सीओ डट युकेको रिपोर्टनुसार साइकोलजी ग्रेजुएट कायला नापको अध्ययनले यस्तो खुलासा गरेको हो । अध्ययनका अनुसार जुन व्यक्ति आफ्नो पहिलो पार्टनरप्रति इमान्दार थिइनन उनीहरु आफ्नो दोस्रो पार्टनरप्रति पनि धोकाधडी गर्ने सम्भवना […]

२०७१ भाद्र १४ गते, शनिबार

शान्ति सेना हतियारधारी समूहको कब्जामा

काठमाडौं, १३भदौ । सिरियामा हतियारधारी समूहले त्यहाँको सुरक्षार्थ तैनाथ संयुक्त राष्ट्रसंघका ४३ जना शान्ति सेनालाई बन्धक बनाएको छ । बन्धक बनाउने समूहको पहिचान भने हुन सकेको छैन ।सिरियाको गोलन हाइट्स पहाडी इलाकामा सुरक्षार्थ खटिएका सैनिकहरुलाई सरकारी सेना र विद्रोहीबीचको लडाइँकाबीच सोही स्थानमा बन्धक बनाइएको संयुक्त राष्ट्रसंघका प्रवक्ताले जनाएका छन् । संयुक्त राष्ट्रसंघले बन्धक बनाइएकाहरुलाई छुटाउन […]

२०७१ भाद्र १३ गते, शुक्रबार

सुडानमा युएनको मालबाहक हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौं, ११ भदौ । संयुक्त राष्ट्रसंघको एक मालबाहक हेलिकप्टर दक्षिणी सुडानमा दुर्घटनाग्रस्त भएको छ । पाँच जना चालक दलका सदश्य रहेको एमआई ८ हेलिकप्टरलाई खसालिएको हुन सक्ने आशंका संयुक्त राष्ट्रसंघले गरे पनि विस्तृत विवरण आउन बाँकी छ ।दक्षिणी सुडानमा लामो समयदेखि सरकार र बिद्रोहीबीच जारी संघर्षमा हजारौंको मृत्यु भइसकेको छ ।

२०७१ भाद्र ११ गते, बुधबार

चीनमा शटन पर्व धुमधाम मनाइयो

काठमाडौं, १०भदौ । चीनमा प्रत्येक बर्ष आयोजना हुँदै आएको शटन पर्व यो बर्ष पनि आयोजना गरियो । दक्षिणी चीनको द्रिपुङमा आयोजना गरिएको पर्वमा सयौं बौद्धधर्मावलम्बीहरुले सहभागिता जनाए । तिब्बत लगाएत बिश्वका बौद्धधर्मावलम्बीहरुको उपस्थिति रहेको पर्वमा भगवान गौतम बुद्धको आकृतीको बिशाल थान्का प्रदर्शन गरिएको थियो । सयौ कलाकारहरुले तयार पारेका नकै नै आकर्षक थान्का अवलोकनका लागि […]

२०७१ भाद्र १० गते, मंगलवार

लिवियामा सशस्त्र समुहद्वारा विमान स्थल कब्जा

काठमाडौ, ८ भदौ । लिबियाको सशस्त्र समूहले बिमानस्थल कब्जामा लिएको छ । लडाकु समूहका आक्रमणका कारण बिगत दुई महिनादेखि बन्द रहेको बिमानस्थलमा हातहतियार सहित प्रवेश गरेका लडाकु समूहले उनीहरुले बिमानस्थल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई नियन्त्रणमा लिई बिमानस्थल कब्जामा लिएका हुन् ।लडाकु समूहले बिमानस्थल कब्जामा लिई खुशीयाली मनाएको दृष्य इन्टरनेटमा सार्वजनिक गरेको छ । कब्जामा रहेको बिमानस्थलमा […]

२०७१ भाद्र ८ गते, आईतवार