बिश्व

गरीबीको मार १३० पाउण्डमा सन्तान बिक्रि

काठमाडौ, ५ असोज । भारतमा एक महिलाले आफ्नो नवजात छोरा १३० पाउण्ड बेचेको खुलासा भएको छ । पश्चिम बंगालको जलपाइगुडीको रेलवे ट्राक नजिकैको गाउँमा बस्ने ३ छोरीकी आमा ३२ वर्षीया गौरी शाहले चौथो बच्चा बेचेको बताइएको छ । चौथो बच्चा गर्भमा बसेपछि पतिले छोडेपछि उनले बच्चा बेचेको बताइएको छ । गरीबीको कारण उनले १० दिनको […]

२०७१ आश्विन ५ गते, आईतवार

स्कटल्याण्ड बेलायतबाट अलग नहुने

काठमाडौं । स्कटल्याण्डमा भएको जनमतसंग्रहमा स्कटल्याण्डबासीले बेलायतबाट अलग हुन अस्वीकार गरेका छन् ।बेलायतसँगै रहने कि अलग मुलुक बन्ने भन्ने विषयमा भएको जनमतसंग्रहको मतगणनामा ‘नहुने’ भन्ने पक्षमा बढी मत परेको छ। यद्यपि स्कटल्याण्डको सबैभन्दा ठुलो सहर ग्लासगोमा अलग हुने पक्षमा बढी मत देखिएको छ। मत परिणामप्रति स्कटिस नेशनल पार्टीका उपनेता निकोला स्टरजियोनले निराशा व्यक्ति गरेका छन् […]

२०७१ आश्विन ३ गते, शुक्रबार

स्वतन्त्र होला त स्कटल्याण्ड ?

काठमाडाै, २ असोज । बेलायतसँगको तीन सय वर्ष पुरानो सम्बन्ध कायम राख्ने कि स्वतन्त्र देश बनाउने भन्ने विषयमा फैसला गर्न आज स्कटल्यान्डमा ऐतिहासिक जनमतसंग्रह हुँदैछ। स्कटल्यान्डका ४२ लाख जनता यसमा सहभागी हुनेछन्। जनमतसंग्रहअघि गरिएका विभिन्‍न सर्वेक्षणले स्कटल्यान्ड बेलायतबाट अलग हुने देखाएका छन्। बेलायत सरकारले भने स्कटल्यान्डलाई अधिक स्वायत्तता दिने बताउँदै स्वतन्त्र देश हुन नदिन प्रयास […]

२०७१ आश्विन २ गते, बिहीबार

एम्बुसमा पारी सात प्रहरी अधिकृतको हत्या

एम्बुसमा पारी सात प्रहरी अधिकृतको हत्या काठमाडौँ । कोलम्बियामा एम्बुसमा पारी सातजना प्रहरी अधिकृतको हत्या गरिएको छ। कोलम्बियाको फार्स विद्रोही समूहले सो हत्या गरेको हो।प्राप्त समाचारअनुसार ती प्रहरी अधिकारीहरु सवारीका क्रममा खटिएका र उनीहरुले स्कटिङ् गरिरहेका थिए ।सोही स्कटिङ्कै क्रममा ती प्रहरीलाई एम्बुस थापी तारो बनाइएको थियो। उक्त हत्याकाण्डको भत्र्सना गरिएको छ। कोलम्बियाका राष्ट्रपति जुयान […]

२०७१ आश्विन १ गते, बुधबार

आईएसको अड्डामा हवाई आक्रमण

काठमाडौ, ३१ भदौ ।विद्रोही समूह ईस्लामिक स्टेट आईएसलाई परास्त गर्न बनाइएको रणनीति अनुसार अमेरिकाले कारबाही सुरु गरेको छ । अमेरिकाले विद्रोही समूह आईएसको अड्डामा हवाई आक्रमण थालेको अन्तर्रािष्ट्रय सञ्चार माध्यमले जनाएका छन् । यो हवाई आक्रमण आईएस लडाकु विरुद्ध संघर्ष गरिरहेका सेनाको मद्दतका लागि भएको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गएको हप्ता […]

२०७१ भाद्र ३१ गते, मंगलवार

चिनियाँ राष्ट्रपति दक्षिण एसिया भ्रमणमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आइतबारदेखि सुरु हुने दक्षिण एसियाली मुलुकको भ्रमणलाई चीनले छिमेकीसँग मजबुत सम्बन्ध र साझा विकास प्रवर्द्धन गर्ने प्रमुख कूटनीतिक कदम बताएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका सीले एकैपटक माल्दिभ्स, श्रीलंका र भारतको साताव्यापी राजकीय भ्रमण गर्दैछन् । सन् २०१३ मार्चमा सर्वोच्च शक्तिशाली राष्ट्रपतिको पदभार सम्हालेयता उनले पहिलो पटक उपमहाद्वीपको […]

२०७१ भाद्र २९ गते, आईतवार

अमेरिकाद्वारा रुसमाथि नयाँ प्रतिबन्ध

काठमाडौं, २८ भदौ । अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाएको छ । युक्रेनका पृथकतावादीहरुलाई सघाएको भन्दै अमेरिकाले रुसका ठूला बैंक, रक्षा र उर्जा कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाएको हो ।रुसमाथि आर्थिक नाकाबन्दीलाई अझ कडा बनाउने युरोपेली संघको निर्णयलगत्तै अमेरिकाले यस्तो निर्णय लिएको हो । अमेरिकाको यस निर्णयबाट रुसको सबैभन्दा ठूलो बैंक सबर बैंक, रक्षा र व्यवस्थापकीय क्षेत्रमा […]

२०७१ भाद्र २८ गते, शनिबार

अमेरिकाले सिरियामाथि आक्रमण गर्ने

वासिङ्टन (एएफपी) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इस्लामिक स्टेटसँग संघर्षमा सिरियामाथि हवाई आक्रमणको अनुमति दिने अमेरिकाको दुई प्रमुख समाचारपत्रले जनाएको छ। न्युयोर्क टाइम्स तथा वासिङ्टन पोस्टले ओबामाले सिरियामा हवाई आक्रमण विस्तार गर्न चाहना देखाएको उल्लेख गरेको छ। हालसम्म अमेरिकाले इराकमा आईएसमाथि सीमित आक्रमण गरिरहेको थियो। इस्लामिक लडाकुहरूले दुवै मुलुकको ठूलो क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेका […]

२०७१ भाद्र २६ गते, बिहीबार

इन्डिोनेसियामा ६ .५ रेक्टर स्केलको भूकम्प

काठमाडौं, २५ भदौ । इन्डिोनेसियामा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दू मनाडो सहरबाट १ सय ३९ किलोमिटर रहेको इन्डोनेसियाको जियोलोजिकल अनुसन्धान प्रतिवेदनले जनाएको छ ।भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षेतिको विवरण भने आएको छैन । भूकम्पसँगै सामुद्रिक लहर सुनामीको खतरा भने नभएको सो प्रतिवेदनमा जनाइएको छ ।यसअघि सन् २००४ मा […]

२०७१ भाद्र २५ गते, बुधबार

इराकमा नयाँ मन्त्री मण्डल गठन

काठमाडौँ , २४ भदौ । महिनौदेखि जारी राजनीतिक अस्थिरता अन्त्यका लागि इराकमा प्रधानमन्त्री हैदर अल आबादीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री हैदर अल आबादीको नेतृत्वमा गठित नयाँ सरकारले इराकमा संघर्षरत चरम्पन्थी संगठन आईएसविरुद्ध कडा कारबाहीको म्याण्डेड पाएको छ । इराकको लगभग एक तिहाई क्षेत्रमा कब्जा जमाएको आईएसविरुद्ध नयाँ सरकारले अहम कार्वाही गर्ने […]

२०७१ भाद्र २४ गते, मंगलवार