कायरताको संज्ञा दिदै १८ प्रहरी निलम्बित

२०७१ भाद्र २१ गते, शनिबार


नयाँ दिल्ली, २१ भदौ । भारतको नक्सल प्रभावित छत्तिसगढ जिल्लामा कार्यरत १८ जना सुरक्षाकर्मीलाई कायरताको संज्ञा दिदै निलम्बन गरिएको छ ।
जसमध्य १७ जना केन्द्रिय रिजर्ब पुलिसका हुन भने एक जना छत्तिसगढ तोगपाल थानामा कार्यरत छन् ।
गत मार्च ११ मा सुकमा जिल्लामा भएको घटनाको छानविन पछि आएको प्रतिवेदनका आधारमा निलम्बन गरिएको बीबीसी हिन्दी सेवाले उल्लेख गरेका छन् ।
उक्त घटनामा माओवादीको आक्रमणमा परी १५ जना सुरक्षाकर्मी मारिएका थिए । निलम्बनमा परेका जवानहरुलाई उक्त घटना हुँदा भागेको आरोप लगाइएको छ ।

प्रतिक्रियाहरु