बिश्व

भारतमा मोदीको पकड झन् बढ्दै

काठमाडौ ।भारतको सत्ताधारी हिन्दु राष्ट्रवादी पार्टीका अध्यक्ष पदमा प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वास गरिएका व्यक्ति अमित साहलाई नियुक्ति गरिएपछि बुधबार यस दलमा उनको नियन्त्रण अझै बलियो भएको अनुमान गरिएको छ ।साह सन् १९८० देखिनै प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातमा परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ कडा राजनीतिक सङ्गठनकर्ताको रुपमा देखिएका छन् र मे महिनामा प्रधानमन्त्री मोदीको विजयमा […]

२०७१ असार २६ गते, बिहीबार

भारत र बंगलादेशबीचको समुद्री सीमा विवाद टुंन्ग्यो

काठमाडौँ, २५ असार । भारत र बंगलादेशबीच तीन दशक भन्दा लामो समुद्री सीमा विवाद अन्त्य भएको छ ।संयुक्त राष्ट्रसंघको न्यायाधीकरणले विवादित क्षेत्रको झण्डै ८० प्रतिशत हिस्सा बंगलादेशलाई दिने निर्णय गरेपछि बिवाद टुंगिएको हो । समुद्री सीमाबारेको मध्यस्थता सम्बन्धी स्थायी न्यायालयको निर्णय अनुसार दुई देशको विवादित क्षेत्र बंगालको खाडीको २५ हजार वर्ग किलोमिटरमध्ये १९ हजार ५ […]

२०७१ असार २५ गते, बुधबार

जापानको ओकिनावामा सामुद्रिक आँधी

काठमाडौ,२४ असार । जापानको ओकिनावामा सामुद्रिक आँधी सुरु भएको छ । आँधीका कारण त्यस क्षेत्रका सबै बस,रेलवे लगायतका अन्य यातायात सेवा रोकिएका छन् ।जापानको मौसम एजेन्सीले हिजो सामेबार नै ओकिनावा क्षेत्रमा सामुद्रिक आँधी आउँनसक्ने भन्दै उच्च सतर्कता अपनाउँन चेतावनी जारी गरेको थियो । यो आँधी यस दशककै सबैभन्दा खतरानक हुनसक्ने समेत मौसम एजेन्सीको अनुमान छ […]

२०७१ असार २४ गते, मंगलवार

बोको हरामको कब्जाबाट ६० महिला भाग्न सफल

काठमाडौ, २३असार। नाइजेरियामा इस्लामिक लडाकु समूह बोकोहरामको अपहरणमा परेका ६० जना भन्दा बढी महिला र युवतीहरु भाग्न सफल भएका छन् ।लडाकुहरु दाम्बोआ नजिकैको सैन्य शिविरमा आक्रमण गर्न गएका बेला ६३ जना महिलाहरु भाग्न सफल भएको सुरक्षा श्रोतलाई उधृत गर्दै बिबिसीले जनाएको छ । नाइजेरियाली सेनाले बोकोहराम लडाकु संग दाम्बोआमा भएको भिडन्तमा ५० जना भन्दा बढी […]

२०७१ असार २३ गते, सोमबार

विश्वकप आयोजक सहरमा पुल भत्कियो

काठमाडौं, २० असार । ब्राजिलमा जारी विश्वकप फुटबलको आयोजक सहरहरुमध्येको एक बेलो होरिजोन्तेमा फ्लाईओभर भत्कँदा दुईजनाको मृत्यु भएको छ । व्यस्त राजमार्गमा निर्माणाधीन उक्त फ्लाईओभर भत्कँदा एउटा बस, दुईओटा लरी र केही निजी कार किचिएको अनुमान गरिएको छ । दुर्घटनामा परी कम्तिमा २ जनाको मृत्यु भएको छ भने झन्डै दुई दर्जन घाइते भएका छन् । […]

२०७१ असार २० गते, शुक्रबार

फ्रान्समा सार्वजनिक स्थलमा बुर्का लगाउन नपाउने कानुन कायमै

काठमाडौं, १८ असार । युरोपेली मानवअधिकार अदालतले फ्रान्समा सार्वजनिक स्थलमा महिलाले बुर्का लगाउन नपाउने कानूनलाई कायमै राखेको छ । फ्रान्सेली एक महिलाले बुर्कासम्बन्धि उक्त व्यवस्था खारेज गर्न मुद्दा दायर गरेकोमा अदालतले उक्त निर्णय गरेको हो । बुर्का नलगाउँदा धार्मिक र अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै महिलाहरुले बुर्कासम्बन्धि कानून खारेज गर्न सरकारलाई दबाब दिँदै आएका थिए […]

२०७१ असार १८ गते, बुधबार

नरेन्द्र मोदीले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य बारे चासो लिए

काठमाडौं, १७ असार । भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यबारे चासो राखेका छन् । प्रधानमन्त्री मोदीले पत्र लेख्दै प्रधानमन्त्री कोइरालाको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । भारतीय दुतावासमार्फत पठाइएको पत्रमा स्वास्थ्य लाभको कामनासहित आपसी हितका विषय पनि उल्लेख गरिएको छ । नेपाल र भारत नजिकका सहयात्री छिमेकी मुलुक भएकाले आपसी हितका विषयमा […]

२०७१ असार १७ गते, मंगलवार

विद्रोही समूहद्वारा इराक र सिरियामा इस्लामिक राज्य घोषणा

काठमाडौ, १६असार । इस्लामिक लडाकु समूह आइएसआइएसले इराक र सिरियामा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रलाई इस्लामिक राज्यका रुपमा घोषणा गरेको छ ।सरकारी सेनासंग विभिन्न ठाउँमा भिडन्त जारी रहेकै बेला समूहले इस्लामिक राज्य स्थापनासंगै आफ्ना नेता अबु बाकर अल बगदादी राज्यका सर्वोच्च नेताका रुपमा रहने घोषणा पनि गरेको छ । इन्टरनेट मार्फत अडियो रेकर्डिङ सार्वजनिक गर्दै आइएसआइएसले […]

२०७१ असार १६ गते, सोमबार

प्रथम विश्वयुद्ध भएको सय बर्ष पुरा

काठमाडौं, १४ असार । प्रथम विश्वयुद्ध शुरु भएको आज एक शताब्दी पूरा भएको छ । आजभन्दा ठीक सय वर्ष अगाडि सन् १९१४ जून २८ का दिन सरायेभोमा अष्ट्रियाका राजउत्तराधिकारी आर्चड्यूक फ्रान्च फर्डिनैन्ड र उनकी पत्नी सोफीको सर्ब राष्ट्रवादी गैवरिलो प्रिन्सिपले हत्या गरेपछि युद्धको आगो सल्केको थियो ।यसलगत्तै अघिल्ला छ हप्तामा युद्धको आगोले सारा विश्वलाई नै […]

२०७१ असार १४ गते, शनिबार

सिरियाली विद्रोहीलाई सहायता गर्न ओबामाको आग्रह

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली विपक्षी समूहका लागि ५० करोड डलरको सहायता रकम पारित गर्न संसदलाई आग्रह गरेका छन् । यो रकम विपक्षीलाई प्रशिक्षण र हतियार आपूर्तिका लागि हुने र सिरियाका राष्ट्रपति बसर अल असदको सैन्य फौजको प्रतिकार गर्न सहयोग पुग्ने ह्वाईट हाउसले जनाएको छ ।अमेरिकी सहायता रकमले इराकमा संघर्षरत आइसिस लगायतका इस्लामिक लडाकु समूहको […]

२०७१ असार १३ गते, शुक्रबार