इस्लामिक स्टेटका बरिष्ठ सैन्य कमाण्डर मारिए

२०७१ भाद्र २० गते, शुक्रबार


इराक, २० भदौ । इराकमा संघर्षरत स्लामिक स्टेटका एक शीर्ष कमाण्डर सैन्य कार्वाहीमा मारिएका छन् ।
इराकका सरकारी सञ्चारमाध्यमहरुका अनुसार उत्तरी शहर मोसूलमा भएको हवाई हमलामा आईएसका नेता अबु बकर अल बगदादीका एक शीर्ष सहयोगीको मृत्यु भएको हो ।
यसबारे स्लामिक स्टेटले भने पुष्टि गरेको छैन । इराकी टेलिभिजनले एक रक्षा अधिकारीलाई उधृत गर्दै स्लामिक स्टेटको सैन्य परिषद्का प्रमुख अबू आला अल इराकीको मृत्यु भएको जनाएको छ ।
अमेरिकी सेनाले अगष्त महिनाबाट इस्लामिक स्टेटका क्याम्पहरु खोजेर हवाई हमलालाई जारी राखेको छ । उत्तरी इराकका विभिन्न ठाउँ स्लामिक स्टेटले कब्जामा लिए पछि अमेरिकी सेनाले हवाई हमला सुरु गरेको थियो ।
यद्यपी मोसूलमा आईएसका सैन्य कमाण्डर मारिने गरी गरेको हवाई हमला अमेरिकी सेनाले हो वा इराकी सेनाले भन्ने बिषयमा टेलिभिजनले केहि खुलाएको छैन ।

प्रतिक्रियाहरु