जिहादी समूहसंग लड्न कडा कानुन

२०७१ भाद्र १७ गते, मंगलवार


काठमाडौ , १७ भदौ । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले जिहादी समूहसंग लड्न जाने बेलायती नागरिकलाई रोक्न कडा कानुन सार्वजनिक गरेका छन् ।मध्यपूर्वका देशहरुमा इस्लामिक चरपन्थीहरुले जारी राखेको आन्दोलनमा सहभागी हुन जाने आफ्नो देशका नागरिकलाई जान नदिन पहिलो चरणमा प्रहरीलाई अधिकार सुम्पिएको प्रधानमन्त्री क्यामरुनले संसदलाई जानकारी गराएका छन् ।
उनका अनुसार ती देशहरुमा जाने बेलायती नागरिकलाई प्रहरीले कडा निगरानीमा राख्ने र राहदानी समेत जफत गर्ने छ । यसका साथै हवाई यात्रा गर्ने यात्रुहरुमा पनि कडा चेकजाँच गर्ने अधिकार प्रहरीलाई प्रदान गरिएको छ ।
उक्त नियमलाई कडाईका साथ पालना गराउन अन्य राजनीतिक दलसंग पनि छलफल अघि बढार्ईएको क्यामरुनको भनाई छ ।स्लामिक स्टेट तथा अन्य चरम्पन्थी गुटबाट लड्न करिब पाँच सय बेलायती नागरिक मध्यपूर्वी देशमा पुगेको अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु