बिश्व

पाकिस्तानमा पोलियोको अवस्था चिन्ताजनक

काठमाडौँ । विश्व पोलियो उन्मूलनको दिशातर्फ अघि बढिरहेको अमेरिकाले जनाएको छ । अमेरिकी रोग नियन्त्रण केन्द्रले विश्वभर पोलियो उन्मूलनका लागि उपलब्धी हासिल भएको बताएको बिबिसीले जनाएको छ । लगातारको अभियानपछि ३ प्रकारका पोलियो भाइरसमध्ये दोस्रो पूरै उन्मूलन भैसकेको अमेरिकाका विशेषज्ञले बताएका छन् । यस्तै उनीहरुका अनुसार तेस्रो प्रकारको पोलियोको भाइरस ३ वर्षदेखि देखिएको छैन । […]

२०७१ मंसिर १ गते, सोमबार

मृत घोषित वृद्धा मुर्दाघरबाट जीवितै घर फर्केपछि…

काठमाडौँ । पोल्याण्डमा ९१ वर्षकी एक वृद्धा महिलालाई मरेको ठानेर मुर्दाघरमा राखिएको थियो ।तर, उनी मुर्दाघरको कोल्डस्टोरेजमा ११ घण्टा बिताएर सकुशल घर फिरेकी छन् । अधिकारीहरुका अनुसार जानिना कोल्केभिचका निजी चिकित्सकले एउटा परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए । तर, उनी जीवित फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। यता यो सबै कुराबाट अन्जान […]

२०७१ कार्तिक २९ गते, शनिबार

संसारकै सबैभन्दा महंगो सम्बन्ध विच्छेद

काठमाडौं। अमेरिकाको एउटा अदालतले तेल व्यवसायी हेराल्ड हैमलाई पूर्व पति सु एन हैमसँग सम्बन्ध विच्छेदपछि एक अर्ब डलर गुजारा भत्ता दिन आदेश दिएको छ।यसलाई सम्भवतः इतिहासमै सबैभन्दा ठुलो सम्बन्ध विच्छेद मानिएको छ । एक अर्ब डलरसहित हैमकी पूर्व पत्नी अमेरिकाको सबैभन्दा धमी महिलाको सूचीमा सूचीकृत हुने भएकी छन् । हैमले सु एनसँग सन् १९८८ मा […]

२०७१ कार्तिक २७ गते, बिहीबार

स्वास्थ्य शिविरमा परिवार नियोजन गराएका ८ महिलाको ज्यान गयो

काठमाडौँ । भारतको छत्तीसगढमा स्वास्थ्य शिविरमा परिवार नियोजन गराएका ८ जना महिलाको ज्यान गएको छ । विलासपुरमा केन्द्रिय परिवार नियोजन कार्यक्रम अन्तर्गत सोमबार संचालन गरिएको शिविरमा परिवार नियोजनको शल्यक्रिया गराएका महिलाको ज्यान गएको बिबिसीले जनाएको छ । अरु धेरै महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । शल्यक्रिया गर्नुपूर्व दिइएको औषधि खाएपछि महिलाहरुलाई वाकवाक […]

२०७१ कार्तिक २५ गते, मंगलवार

विश्वका शक्तिशाली हस्तीमा पुटिन

काठमाडौं, २० कार्तिक । चर्चित पत्रिका फोब्र्सले विश्वका शक्तिशाली हस्तीको नामावली सार्वजनिक गरेको छ । यसवर्ष रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वका एक से एक हस्तीलाई उछिन्दै एक नम्बरमा स्थान बनाएका छन् । पुटिन लगातार दोस्रो पटक अमरिकी राष्ट्रपति बराक ओबामालाई पछि पार्दै उक्त स्थानमा परेका हुन् । चिनियाँ राष्ट्रपति शी जिनपिङ तेस्रो स्थानमा रहँदा इसाई […]

२०७१ कार्तिक २० गते, बिहीबार

पाकिस्तानले अतिवादीहरुको प्रयोग गरिरहेको छः अमेरिका

काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालयले पाकिस्तानले भारत र अफगानिस्तानविरुद्ध अझैपनि अतिवादी संगठनहरुको प्रयोग गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । पाकिस्तानको यस कदमका कारण यो पूरै क्षेत्रमा स्थिरता कायम गर्न खतरा बनेको अमेरिकी प्रतिवेदनमा उल्लेख भएको बीबीसीले जनाएको छ । पेन्टागनले हरेक ६ महिनामा जारी गर्ने प्रतिवेदनका अनुसार अफगानिस्तानमा आफ्नो घट्दो प्रभाव तथा भारतको बढ्दो सैन्य […]

२०७१ कार्तिक १९ गते, बुधबार

इस्लामिक स्टेटद्वारा सयौ सुन्नी आदिवासीको हत्या

काठमाडौं। इराकको अनबर प्रान्तमा इस्लामिक स्टेटले ३ सय २२ इराकी सुन्नी आदिवासीको हत्या गरेको इराकी सरकारले दावी गरेको छ । इराकको मानवाधिकार मन्त्रालयका अनुसार ५० वटा शव त एउटा कुवामा भेटिएको छ । यस्तै अल–बु निम्रका ६५ आदिवासी वेपत्ता छन् । आईएसले आइतवारमात्र उक्त आदिवासी क्षेत्रमा ५० जनालाई गोली हानी हत्या गरेको थियो । सुन्नी […]

२०७१ कार्तिक १७ गते, सोमबार

युद्धविराम भएको छैन : बोको हराम

काठमाडौं। नाइजेरियामा संघर्षरत चरमपन्थी संगठन बोको हरामले सरकारसँग कुनै पनि सहमति वा सम्झौता नभएको बताएको छ । नाइजेरिया सरकारले बोको हरामसँग युद्ध विराम सम्झौता भएको र उनीहरुले अपहरण गरेका दुई स्कुले छात्रा रिहा गर्ने जनाएको थियो । तर बोको हरामले भने एक भिडियो सन्देश जारी गर्दै सरकारले भने जस्तो सम्झौता नभएको तथा अपहरणमा परेका स्कुले […]

२०७१ कार्तिक १६ गते, आईतवार

अमेरिकामा अन्तरिक्ष यान विस्फोट

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा प्रक्षेपणका क्रममा एउटा अन्तरिक्ष यान विस्फोट भएको छ । एन्तारास ए फोर्टिन नामको उक्त यान समुद्री किनाराबाट प्रक्षेपणलगत्तै विष्फोट भएको जनाइएको छ ।उक्त यानमा ६ जना अन्तर्राष्ट्रिय अन्तरीक्ष यात्रीका लागि चाहिने पाँच हजार पौण्ड खाद्य सामग्री बोकेको थियो । के कारणले विष्फोट भएको चाँडै पत्ता लगाइने यान निर्माणकर्ता […]

२०७१ कार्तिक १२ गते, बुधबार

वाशिङ्गटन पोष्टका सम्पादक ब्राड्लीको निधन

काठमाडौं । वाटरगेट काण्डका समयमा अमेरिकाबाट प्रकाशित हुने वाशिङ्गटन पोष्टमा सम्पादक रहेका पत्रकार बेन ब्राडलीको निधन भएको छ । विश्वको पत्रकारिता जगतमा वाटरगेट काण्ड वहुचर्चित मानिन्छ ।९३ वर्षिय ब्राडलीकै सम्पादकत्वमा निस्कने उक्त पत्रिकामा राष्ट्रपति रिचार्ड निक्सनसमेत संलग्न रहेको वाटरगेट काण्ड प्रकाशित भएपछि सन् १९७४ मा निक्सनले राष्ट्रपति पद गुमाउनु परेको थियो । अमेरिकी इतिहासमा आजका […]

२०७१ कार्तिक ५ गते, बुधबार