बिश्व

घातक भाइरस नियन्त्रण गर्न विश्व बैङ्कको सहयोग

काठमाडौं। विश्व बैंकले पश्चिमी अफ्रिकी मुलुकमा फैलिएको इबोला भाइरसको महामारी नियन्त्रणका लागि २० करोड डलरको आकस्मिक सहयोगको घोषणा गरेको छ ।यो रकम अल्पकालिन र दीर्घकालिन रुपमा महामारीको नियन्त्रण र निवारणमा खर्च गर्ने गरी विश्व स्वास्थ्य संगठन तथा लाइबेरिया, सियरालिओन र गिनीका सरकारलाई प्रदान गरिनेछ । अल्पकालिन योजना अन्तर्गत स्वास्थ्यकर्मीलाई प्रदान गर्न, स्थानीय समुदायमा रोगका बारेमा […]

२०७१ श्रावण २० गते, मंगलवार

गाजामा भएको झडपमा पाँच इजरायली सैनिकको मृत्यु

काठमाडौ । गाजाको सीमा क्षेत्रमा मङ्गलबार बिहान भएको झडपका क्रममा कम्तीमा पनि पाँचजना इजरायली सैनिकको ज्यान गएको समाचार छ । गाजाको सीमा क्षत्रे नजिकैबाट उनीहरु त्यसतर्फ छिर्न खोज्दा भएको झडपमा परी ती सैनिक मारिएका हुन् । इजरायल र प्यालेस्टाइनले नै २४ घन्टे युद्धविरामको घोषणा गरेको भए पनि सो हुन सकिरहेको छैन । हिजो र आजपनि […]

२०७१ श्रावण १३ गते, मंगलवार

इजरायल र प्यालेस्टाइनलाई तत्कालै युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनलाई तत्कालै र विनाशर्त युद्धविरामका लागि आग्रह गरेको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्धविरामका लागि दुवै पक्षलाई सोमबार आग्रह गरेको हो । इजरालल र प्यालेस्टाइनको सो आक्रमण आज तेस्रो हप्ता प्रवेश गर्नलाग्दा राष्ट्रसंघको यो अपिल आएको छ ।पन्ध्र सदस्यीय सो परिषदको आइतबार राति बसेको बैठकपछि सोमबार बिहान सो अपिल […]

२०७१ श्रावण १२ गते, सोमबार

अमेरिकी कुटनीतिकहरूको उद्धार गरियो

काठमाडौं । त्रिपोलीमा सरकारी सैनिक र सशस्त्र विद्रोहीबीच भएको भयानक द्वन्द्वकाबीच अमेरिकाले त्रिपोलीस्थित आफ्ना कुटनीतिक कर्मचारीहरूलाई कडा सुरक्षा प्रदान गरी छिमेकी मुलुक ट्युनिसियातर्फ लगेको छ । लिवियाली सञ्चार माध्यमहरूले जनाए अनुसार करिब १५० जना अमेरिकी कुटनीतिक कर्मचारीहरूलाई एक विशेष विमानमा राखी अघिपछि तीनवटा एफ– १६ युद्धक विमानले आकासमा र ओस्प्रे युद्धक विमान बोकेका पानी जहाजले […]

२०७१ श्रावण ११ गते, आईतवार

अमेरिकी संसदलाई विकिपिडियामा रोक

अमेरिकी संसदलाई विकिपिडियामा रोक काठमाडौ, १० साउन । सम्पूर्ण विषयको डिजिटल जानकारी राख्ने सफ्टवेर विकिपिडियाले अमेरिकी संसदबाट गरिने सम्पादन कार्यमा रोक लगाएको छ । अमेरिकी संसदको प्रतिनिधिसभाको कम्प्युटरबाट विकिपिडियामा राखिएका जानकारीबारे बारम्बार सम्पादन गरी महत्वपूर्ण जानकारीमा क्षति पुराएको भन्दै विकिपिडियाले १० दिनका लागि प्रतिबन्ध लगाएको हो । विकिपिडियाका अनुसार प्रतिनिधिसभाका कम्प्युटरबाट अमेरिकी ऐतिहासिक व्यक्तिबारे बारम्बार […]

२०७१ श्रावण १० गते, शनिबार

अल्जेरियाको विमान दुर्घटना भएको पुष्टी

काठमाडौ, ९ साउन । अल्जेरियाको राष्ट्रिय वायुसेवा एयर अल्जेरिइको विमान दुर्घटनामा परेको पुष्टी भएको छ ।विमान बुर्किना फासोको सीमाबाट ५० किलोमिटर टाढा पर्ने मालीको भूभागमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बिबिसीले जनाएको छ । बुर्किना फासोको राजधानी औगादोउगुबाट अल्जेरियाको राजधानी अल्जियर्सका लागि उडेको विमानमा एकसय १० जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । […]

२०७१ श्रावण ९ गते, शुक्रबार

युद्धविराम गर्न हमासको शर्त

काठमाडौं, ८साउन । इस्लामिक लडाकू समूह हमासले गाजा क्षेत्रमा इजरायलले नाकाबन्दी अन्त्य नगरेसम्म युद्धबिराम नहुने बताएको छ । हमास नेता खालेद मेशालले इजरायलले गाजा क्षेत्रमा ८ बर्षदेखि लगाउँदै आएको आर्थिक नाकाबन्दी अन्त्यका साथै इजिप्टसंगको रफाह सीमा नाका खुलाउनुपर्ने, प्यालेष्टिनी बन्दी रिहा गर्नुपर्ने लगायतका माग राखेका छन् । उनले नाकाबन्दी नहटाउने र आफ्ना नागरिकको बलिदानीको सम्मान […]

२०७१ श्रावण ८ गते, बिहीबार

फर्निचर व्यापारी राष्ट्रपति बने

काठमाडौं । इन्डोनेसियाको सम्पन्न नगर जकार्ताका सुधारवादी गभर्नर जोको विडोडोले राष्ट्रपति पदको निर्वाचनमा मंगलबार विजय हासिल गरेका छन् । उक्त मुलुकका शक्तिशाली नेता सुहार्तोको कार्यकालमा भिजेका विवादास्पद पूर्वसैनिक जनरल प्राबोओ सुबियान्तोविरुद्ध उनले यो जित हात पारेका हुन् ।विडोडोलाई जोकोवीको नामबाट पनि चिनिन्छ । उनलाई निर्वाचनमा ५३ प्रतिशत मत प्राप्त भएको छ । सुवियान्तोले ४७ प्रतिशत […]

२०७१ श्रावण ७ गते, बुधबार

मलेसियन विमानमा आक्रमण

काठमाडौं । युक्रेनमा मलेसियाको विमानमा आक्रमण गरी खसालिंदा विमानमा सवार सबै २ सय ९८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्सको एम्स्टरडमबाट मलेसियाको क्वालालम्पुरतर्फ आइरहेको ‘एमएच १७’ को ‘बोइङ ७७७’ मा १५ जना चालक दलका सदस्यसहित नेदरल्याण्ड्सका कम्तीमा १ सय ५४, २७ अष्ट्रेलियाका, ४३ मलेसियाका, १२ इन्डोनेसियाका र ९ बेलायतका नागरिक रहेको मलेसिया एअरलाइन्सले पुष्टि गरेको […]

२०७१ श्रावण २ गते, शुक्रबार

युक्रेनमा फेरि संघर्ष चर्कियो

काठमाडौ, ३१ असार । युक्रेनमा रुस समर्थित पृथकतावादीहरुको नियन्त्रणमा रहेको पूर्वी क्षेत्र फेरि संघर्ष चर्किएको छ । लडाकूहरुले सरकारी सेनाको एक विमान खसालेका छन् । साढे छ हजार उचाईमा उडिरहेको विमानलाई निशानामा पारिएको हो । रुसबाटै प्रहार गरिएको एक शक्तिशाली मिशाइलले आक्रमण गरिएको हुनसक्ने यूक्रेनी सेनाले आशंका गरेको छ । सरकारी सेनाले पनि लुहान्स्क शहरमा […]

२०७१ असार ३१ गते, मंगलवार