रुसमा विदेशी संस्थाहरुमाथि प्रतिबन्ध लगाइदै

२०७२ जेष्ठ १० गते, आईतवार

काठमाडौं, १० जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले आफ्नो मुलुकमा संचालन भइरहेका विदेशी संस्थाहरुमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन् ।नयाँ कानुनले रुसी इच्छा विपरित त्यहाँ संचालन भइरहेका अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा फर्महरुमाथि कारवाही सुरु गर्न बाटो खोलेको छ ।कानुनमा रुसले नरुचाएका संस्थाहरुमाथि प्रतिवन्ध लगाउने लेखिएपनि यसको स्पष्ट ब्याख्या भने गरिएको छैन ।आलोचकहरुले यसलाई मानवअधिकार विरुद्ध क्रमेलीनको अर्को तानाशाही कदम भनेका छन् ।
रुसी सरकारी समाचार एजेन्सी ईन्टरफ्याक्सले रुसको संवैधानिक प्रवधान र यसको आधार, राष्ट्रिय सुरक्षा र प्रतिरक्षा क्षमतामा चुनौती पैदा गर्न सक्ने विदेशी संस्थाहरुलाई रुसमा संचालन हुन नदिन यो कानुन ल्याइएको बताएको छ । रुसमा मानविय सहायताको नाममा खोलिएका संघ संस्थाहरु पछिल्लो समय राष्ट्रपति पुटिन र रुसी संस्थापन विरुद्ध जनमत बनाउन लागिपरेको भन्दै क्रमेलिनले यो कानुन पास गरेको हो । – एजेन्सी

प्रतिक्रियाहरु