बेलायती मन्त्रीहरुको तलब पाँच बर्षसम्म नबढाइने

२०७२ जेष्ठ १० गते, आईतवार

काठमाडौं, १० जेठ । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बेलायती मन्त्रीहरुको तलव आगामी पाँच बर्षसम्ममा नबढाउने घोषणा गरेका छन् ।
बेलायत सरकार पछिल्लो समय भारी ऋणमा डुबेका कारण ऋण समस्या समाधानका लागि मन्त्रीहरुको तलव नबढाउने निर्णय गरिएको क्यामरुनको भनाई छ ।मन्त्रीहरुको तलव नबढाउने हो भने प्रत्येक बर्ष आठ लाख पाउण्डको हिसावले सन् २०१० सम्ममा ४० लाख पाउण्ड बचत गर्न सकिने जानकारी दिएका छन् ।
बेलायती मन्त्रीहरुको हालको तलव बार्षिक १ दशमलव ३४ लाख पाउण्ड रहेको जानकारी दिंदै क्यामरुनले देशको हितका लागि सहयोग गर्नुहुन बेलायती मन्त्रीहरुलाई आग्रह समेत गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु