पर्यटन

पशुपतिमा लिच्छविकालीन पोखरी भेटियो

काठमाडौ ।पशुपतिनाथ क्षेत्रस्थित भण्डारखाल बगैंचामा लिच्छविकालीन पोखरी भेटिएको छ। पुरातत्त्व विभाग, पशुपतिनाथ क्षेत्र विकास कोष र बेलायतको दुर्हम विश्वविद्यालयका विज्ञले तयार पारेको प्रारम्भिक प्रतिवेदनले भेटिएको पोखरी लिच्छविकालीन भएको उल्लेख गरेका छन्। उत्खनन्का क्रममा एक महिनाअघि पोखरी भेटिएको हो।कोषका कार्यकारी निर्देशक कोषराज अचार्यले भण्डारखालमा उत्खनन् गर्दा भेटिएको प्रमाणहरूको अध्ययन अनुसन्धान गर्दा पोखरी भेटिएको जानकारी दिए। पोखरी […]

२०७१ भाद्र ४ गते, बुधबार

चिनियाँ पर्यटक सीधै नेपाल आउन पाउने

काठमाडौँ ।चीन सरकारले नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई अग्रिम प्रवेशाज्ञा (भिसा) लिन नपर्ने व्यवस्था गरेको छ।नेपालले चिनियाँ नागरिकलाई आगमन (अन अराइभल) भिसा सुविधा दिने गरेको भए पनि यसअघि नेपाल जाने पर्यटकले अग्रिम भिसा लिएर मात्र चीन छाड्न पाउने बाध्यकारी व्यवस्था थियो। अब भने चिनियाँ नागरिकले त्रिभुवन विमानस्थल या सीमा नाकामै ‘आगमन भिसा’ लगाएर सोझै काठमाडौं […]

२०७१ भाद्र २ गते, सोमबार

भैरवी मन्दिरबाट मुख्य मूर्ती चोरी

काठमाडौँ । नुवाकोटको भैरवी मन्दिर शनिवार राति चोरी भएको छ । जिल्लाको प्रमुख धार्मिक स्थल भैरवी मन्दिरवाट मन्दिरको मूर्ती र गहना चोरी भएको छ ।विदुर नगरपालिका ३ मा रहेको भैरवी मन्दिरमा लगाइएको भोटे ताल्चा फोडेर मन्दिर चोरी भएको हो । मन्दिरमा रहेका अष्टमात्रिका र गणहरुको १२ मूर्तिमध्ये मुख्य भैरवीको मूर्ती र मूर्तीमा लगाइएको मुकुटका साथै […]

२०७१ भाद्र १ गते, आईतवार

पश्चिमाञ्चल पर्यटकीय गन्तव्यमा पदयात्रा गरिदै

काठमाडौं ।आगामी भदौ १ गतेदेखि पश्चिमाञ्चलका पर्यटकीय गन्तव्यलाई छुनेगरी पदयात्रा कार्यक्रम हुने भएको छ ।लोलुफेरा विकास मञ्चलले राजधानीमा पत्रकार सम्मेलन गरी पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो । पदयात्राको भाद्र १ गते राष्ट्रपति रामवरण यादवले पाखोरको फेवातालमा उद्घाटन गर्ने जनाइएको छ । पदयात्रा असोज २५ गते सिंहदरबारमा आइ सम्पन्न हुनेछ । नयाँ अवधारणा, नयाँ […]

२०७१ श्रावण २७ गते, मंगलवार

जुम्लामा कर्णालीकै ठूलो जात्रा सुरु हुँदै

काठमाडौं ,२६ साउन। आजदेखि कर्णालीकै ठूलो र लामो जात्रा जुम्लामा सुरु हुँदैछ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ ।पहिलो दिन आज गाइजात्रा निकालिन्छ भने भोलि रोपाइँ जात्रा निकालिने जात्रा समितिका अध्यक्ष हरि प्रसाद श्रेष्ठले जानकारी दिए । तेस्रो दिनमा सानो पल्टन, मिम वादशाह र अन्य रमाइला आइटम […]

२०७१ श्रावण २६ गते, सोमबार

दोश्रो टान अन्तरास्ट्रीय इको च्यालेन्ज भदौ १ गते

काठमाडौँ । ट्रेकिङ्ग एजेन्सिज एसोसियसन अफ नेपालको आयोजनामा आउँदो भदौ १ गते नेपालमा दोश्रो पटक टान अन्तर्रराट्रय इको च्यालेन्ज-२०१४ हुने भएको छ । साहसिक अन्तर्रराट्रय प्रतियोगिता आयोजना गर्ने उद्देश्य अनुरूप विगत १० बर्षअघिदेखि मलेसियामा हुँदै आइरहेकोर् इको च्यालेन्ज प्रतियोगिता नेपालमा प्रत्येक बर्षो अगष्ट १७ तारिखमा हुने गरेछ । दौड, साइक्लिङ र र्याफ्टिङ्गको प्रतिस्पर्धा हुने प्रतियोगितामा […]

२०७१ श्रावण २४ गते, शनिबार

पर्यटकीय स्थल ‘दलताल’ ओझेलमा

काठमाडौं। म्याग्दीको बरङ्जा गाविसस्थित पर्यटकीय स्थल दलताल ओझेलमा परेको छ ।प्रचार प्रसार र भौतिक पूर्वाधारको कमीका कारण म्याग्दीको बरङ्जा गाविसस्थित दलताल ओझेलमा परेको हो । यो ताल निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्वको दलताल करिब ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ […]

२०७१ श्रावण २२ गते, बिहीबार

गोसाइँकुण्डमा स्वास्थ्य शिविर

काठमाडौं। धार्मिक पर्यटकीय गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा मेला भर्न आउने भक्तजनका लागि प्राथमिक उपचार सेवा पु¥याउन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार स्याफ्रुको तिवारी बगरमा ग्रिनसिटी अस्पताल काठमाडौँ धापासीले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा लेकाली क्षेत्रमा हिँड्दा अपनाउनुपर्ने सावधानीका विषयमा चेतना अभिवृद्धि गर्नुका साथै औषधि प्रदान गएिको […]

२०७१ श्रावण २२ गते, बिहीबार

पर्यटन प्रर्बद्धनका लागि मनसुन मेला

काठमाडौं। आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले बिराटनगरमा मनसुन मेला हुने भएको छ । पर्यटन प्रर्बद्धनका लागि विराटनगरस्थित होटल नमस्कारमा साउन २३ र २४ गते दुई दिने मनसुन मेला हुने भएको हो ।महिलाहरूको सहभागितामा लायन्स क्लब अफ विराटनगर शुभम्को आयोजनामा हुने सो मेलामा २५ वटा कक्ष राखिने छन् ।लायन्स क्लबले हिजो यहाँ पत्रकार सम्मेलन गरी महिला […]

२०७१ श्रावण २१ गते, बुधबार

पानी पर्ने आशमा पूजाआजा

काठमाडौँ , १८ साउन। लामो समयसम्म पानी नपरेपछि शनिबार दिउँसो अर्घाखाँचीको नरपानीस्थित दहखोलामा पानीको माग गर्दै पूजा गरिएको छ । पानी नपरेपछि खेति गर्न नपाएका कृषकहरु र सदरमुकाम सन्धिखर्कबाट गएका सर्वसाधारणले पानीको माग गर्दै पूजाआजा गरेका हुन् । पानी माग्दै पूजा गर्नेमा सन्धिखर्कबजार सुधार समितिका अध्यक्ष नारायणप्रसाद बन्जाडे, निर्माण व्यवसायी समितिका अध्यक्ष ऋषि अधिकारी, सन्धिखर्कका […]

२०७१ श्रावण १८ गते, आईतवार