गोसाइँकुण्डमा स्वास्थ्य शिविर

२०७१ श्रावण २२ गते, बिहीबार


काठमाडौं। धार्मिक पर्यटकीय गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा मेला भर्न आउने भक्तजनका लागि प्राथमिक उपचार सेवा पु¥याउन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार स्याफ्रुको तिवारी बगरमा ग्रिनसिटी अस्पताल काठमाडौँ धापासीले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा लेकाली क्षेत्रमा हिँड्दा अपनाउनुपर्ने सावधानीका विषयमा चेतना अभिवृद्धि गर्नुका साथै औषधि प्रदान गएिको छ । यसैगरी गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घको स्वास्थ्य टोलीले अक्सिजनसमेतको व्यवस्था मिलाई सेवा दिइरहेको छ ।
नेपाली सेनाको नारायणदल गणले चोलाङपार्टीमा र जिल्ला स्वास्थ्य कार्यालयले लौरीविनायकमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताइएको छ । जनैपूर्णिमाको पर्वमा समुद्री सतहबाट १४ हजार १०० फिटको उचाइमा अवस्थित रसुवा जिल्लाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने कुनै पनि यात्रुलाई स्वास्थ्य समस्या आउन नदिन ठाउँठाउँमा स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले बताएको छ ।
यसैगरी वास र भोजनका लागि भइराखेका होटलको अलवा सयौँ अस्थायी छाप्रोको व्यवस्था मिलाइ सकिएको छ । यसैबीच, धार्मिक वन संरक्षण गर्न लौरोको नाममा वनस्पति नकाट्न लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले सबै तीर्थयात्रुसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु