पर्यटकीय स्थल ‘दलताल’ ओझेलमा

२०७१ श्रावण २२ गते, बिहीबार


काठमाडौं। म्याग्दीको बरङ्जा गाविसस्थित पर्यटकीय स्थल दलताल ओझेलमा परेको छ ।प्रचार प्रसार र भौतिक पूर्वाधारको कमीका कारण म्याग्दीको बरङ्जा गाविसस्थित दलताल ओझेलमा परेको हो । यो ताल निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्वको दलताल करिब ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।
निलो रङ्गको तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको स्थानीय युवा प्रकाश सापकोटाले जानकारी दिए । त्यस क्षेत्रका बासिन्दाहरु यो ताललाई सानो फेवाताल भनेर चिन्ने गर्दछन् ।
ताल र बराह थानको दर्शन तथा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । प्रत्येक वर्ष बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने भएपनि अन्य समय सुनसान हुने गर्छ । भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नसकेमा दह गाउँको सिरानमा अवस्थित यस ताल धार्मिक पर्यटकीय स्थल बन्न सक्ने स्थानीय बासिन्दा बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु