पानी पर्ने आशमा पूजाआजा

२०७१ श्रावण १८ गते, आईतवार


काठमाडौँ , १८ साउन। लामो समयसम्म पानी नपरेपछि शनिबार दिउँसो अर्घाखाँचीको नरपानीस्थित दहखोलामा पानीको माग गर्दै पूजा गरिएको छ । पानी नपरेपछि खेति गर्न नपाएका कृषकहरु र सदरमुकाम सन्धिखर्कबाट गएका सर्वसाधारणले पानीको माग गर्दै पूजाआजा गरेका हुन् । पानी माग्दै पूजा गर्नेमा सन्धिखर्कबजार सुधार समितिका अध्यक्ष नारायणप्रसाद बन्जाडे, निर्माण व्यवसायी समितिका अध्यक्ष ऋषि अधिकारी, सन्धिखर्कका व्यवसायी वसन्त भुसाल, खानेपानी उपभोक्ता समितिका कविराज खनाल, उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका सचिव प्रदीप मिश्र, जिल्ला शिक्षा कार्यालयका बिनी बलराम मिश्र, होटल व्यवसायी गोविन्द भुसाल, पत्रकार प्रेमनारायण आचार्य, नारायण पौडेल, दीपक भुसालसहित थिए । पूजा सम्पन्न भएपछि शनिबार साँझबाट सन्धिखर्कमा पानी परेको छ । पानी परेपछि जिल्लाका बासिन्दाले राहत महसुस गरेका छन् । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु