खेल

एकदिवसीय विश्वकप क्रिकेट छनौट : नेपाल र जिम्बावे भिड्दै

काठमाडौँ । आजदेखि एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिता जिम्बावेमा सुरु हुदैछ । आज नेपालले घरेलु टोली जिम्बावेको सामना गर्दैछ । जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । जिम्बावेविरुद्धको आइतबारको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ ।नेपाल र जिम्बावेले […]

२०८० असार ३ गते, आईतवार

नेपाल र फिलिपिन्सबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौँ । नेपाल र फिलिपिन्सबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। साफ च्याम्पियनशीप फुटबल अघि अभ्यास खेलका क्रममा नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलास्थित रिजल मेमोरियल स्टेडियममा मैत्रीपूर्ण खेल सुरु हनेछ । नेपाल र फिलिपिन्सबीचको यो सातौं भेट हो । यसअघिका छ खेलमा […]

२०८० जेष्ठ ३२ गते, बिहीबार

जोकोभिचले जिते २३औं ग्राण्डस्लाम उपाधि

काठमाडौँ । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २३औं ग्रान्ड स्लाम उपाधि जितेका छन् ।आइतबार भएको फाइनलमा जोकोभिचले नर्वेका कास्पनर रुदलाई सजिलै ७–६ (७/१), ६–३ र ७–५ ले पराजित गरे । पहिलो सेटमा केही संघर्ष गरेका ३६ वर्षीय जोकोभिचले त्यसपछिका दुई सेट भने सजिलै जिते । यस उपाधिसँगै सर्बियाली खेलाडीले राफेल […]

२०८० जेष्ठ २९ गते, सोमबार

नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता सुरु

काठमाडौँ । नेपाल गल्फ संघको आयोजनामा नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता आजदेखि सुरु हुँदैछ। गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुन लागेको सो प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ। सो खेलमा नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तानका गरी ५२ खेलाडीले सहभागिता जनाउने छन्। जसअनुसार टिम इभेन्ट र व्यक्तिगत कुल ४५ पुरुष र ७ महिला खेलाडीले प्रस्पिर्धा […]

२०८० जेष्ठ १५ गते, सोमबार

काभा महिला भलिबल : नेपालले उज्वेकिस्तानलाई हरायो

काठमाडौँ । काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । समूह ए को सेमिफाइनलमा काजकिस्तानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित […]

२०८० जेष्ठ १४ गते, आईतवार

काभा महिला भलिबल : आज सेमिफाइनल

काठमाडौँ । काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । समूह चरणको अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो । कजाकस्तान समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।सहभागी ८ […]

२०८० जेष्ठ १२ गते, शुक्रबार

टी-ट्वान्टी सिरिजका लागि महिला क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र तीव्र गतिका बलर ईश्वरी विष्ट पहिलो पटक टोलीमा मौका दिएको हो । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने सम्झना खड्काले घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गर्दै आएकी छिन् । सुदूरकै ईश्वरी विष्टले घरेलु […]

२०८० जेष्ठ १२ गते, शुक्रबार

‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । दोस्रो लिगको आठौं चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र अर्को खेल च्यासल मैदानमा हुनेछ । एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सातदोबाटो आज नवौं […]

२०८० जेष्ठ ११ गते, बिहीबार

काभा महिला भलिबल :नेपाल र भारत भिड्दै

काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज दिउँसो ३ बजे हुने काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले भारतको सामना गर्नेछ । यो खेलको विजेता टोली समुह विजेता बन्नेछ । नेपाल र भारत दुबै टोली प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा लगातार दुई जित निकाल्दै नेपाल र भारतले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् […]

२०८० जेष्ठ १० गते, बुधबार

विश्वकप क्वालिफायरका लागि प्रारम्भिक टोली छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकपमा प्रतिस्पर्धाका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरेको छ । यसबाट जिम्बावे जाने अन्तिम टोलीको छनोट गरिनेछ। क्यानले मंगलबारबाट टोलीको बन्द प्रशिक्षण सुरु हुने बताएको छ। विश्वकप छनोटका खेल जिम्बावेमा जुन १८ देखि जुलाई ९ सम्म हुने छन्। छनोटअघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास […]

२०८० जेष्ठ ८ गते, सोमबार