नेपाल र फिलिपिन्सबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

२०८० जेष्ठ ३२ गते, बिहीबार

काठमाडौँ । नेपाल र फिलिपिन्सबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। साफ च्याम्पियनशीप फुटबल अघि अभ्यास खेलका क्रममा नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलास्थित रिजल मेमोरियल स्टेडियममा मैत्रीपूर्ण खेल सुरु हनेछ । नेपाल र फिलिपिन्सबीचको यो सातौं भेट हो । यसअघिका छ खेलमा नेपालले एक खेल जितेको छ भने एउटामा बराबरी गरेको छ ।
चार वटा खेलमा भने नेपाल पराजित भएको थियो । चौधौं साफ गेम आगामी असार ६ गतेदेखि भारतको बैंगलुरुमा सुरु हुदैछ । बिहीबार फिलिपिन्ससँग खेलेपछि नेपाली टोली उताबाटै बेंग्लोर जाने कार्यक्रम छ । साफ गेमको समूह तालिका अन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा भारत, पाकिस्तान र कुवेत रहेका छन् भने समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु