काभा महिला भलिबल :नेपाल र भारत भिड्दै

२०८० जेष्ठ १० गते, बुधबार


काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज दिउँसो ३ बजे हुने काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले भारतको सामना गर्नेछ । यो खेलको विजेता टोली समुह विजेता बन्नेछ । नेपाल र भारत दुबै टोली प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा लगातार दुई जित निकाल्दै नेपाल र भारतले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
पहिलो खेलमा किर्गिस्तानलाई हराएको नेपालले मंगलबार भएको दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सहज जित निकाल्यो । बंगलादेश विरुद्धको एकपक्षिय खेल नेपालले २५–१०, २५–८ र २५–९ को सेटमा जितेको हो । भारतले भने मंगलबार किर्गिस्तानलाई २५–१७, २५–८ र २५–८ ले हराएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु