टी-ट्वान्टी सिरिजका लागि महिला क्रिकेट टोलीको घोषणा

२०८० जेष्ठ १२ गते, शुक्रबार


काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र तीव्र गतिका बलर ईश्वरी विष्ट पहिलो पटक टोलीमा मौका दिएको हो । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने सम्झना खड्काले घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गर्दै आएकी छिन् । सुदूरकै ईश्वरी विष्टले घरेलु क्रिकेटमा राम्रो बलिङ गर्दै आएकी छिन् । स्पिनर कृतिका मरासिनी नेपालको यू(१९ कप्तान हुन् । उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रदर्शन गर्दै आएकी छिन् ।
मलेसियाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । मलेसियाको घरेलु मैदानमा हुने सिरिज मे २९ बाट सुरु हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ ।
जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ । पछिल्लो पटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप खेलेको थियो । गत वर्ष घरेलु भुमिमा युगान्डाविरुद्ध नेपालले ५ खेलको नै टी-ट्वान्टी सिरिज खेलेको थियो । युगान्डाले सो सिरिज ३-२ ले जितेको थियो ।
नेपाली टिममा रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी रहेका छन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु