काभा महिला भलिबल : नेपालले उज्वेकिस्तानलाई हरायो

२०८० जेष्ठ १४ गते, आईतवार

काठमाडौँ । काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । समूह ए को सेमिफाइनलमा काजकिस्तानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग पराजित भएको नेपाल बिच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, १६–२५, १५–२५ र १३–२५ को सेटमा पराजित गरेको छ ।
पहिलो सेटमा नेपाल २५–२० ले पराजित भएको थियो । तर,दोस्रो,तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले प्रतियोगितामा तेस्रो स्थान बनाएको हो । हारसँगै उज्वेकिस्तानले चौथो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको छ । उपाधिका लागि भारत र काजकस्तान भिड्दैछन् । फाइनल खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु