एकदिवसीय विश्वकप क्रिकेट छनौट : नेपाल र जिम्बावे भिड्दै

२०८० असार ३ गते, आईतवार


काठमाडौँ । आजदेखि एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिता जिम्बावेमा सुरु हुदैछ । आज नेपालले घरेलु टोली जिम्बावेको सामना गर्दैछ । जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । जिम्बावेविरुद्धको आइतबारको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ ।
नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ । सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट खेलमा नेपाललाई जिम्बाबेले १ सय १६ रनले हराएको थियो । त्यतीबेला नेपालको एक दिवसिय मान्यता नभएकोले उक्त खेललाई ‘लिष्ट ए’ को मान्यता दिईएको थियो ।
आजको खेल जित्दै नेपाल विश्वकप छनौटमा विजयी सुरुवात गर्न चाहन्छ । विश्वकप छनौटमा १० टोली सहभागि छन् । नेपालको समुहमा जिम्बाबे, वेष्ट इंडीज, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् भने समुह ‘बि’ मा श्रीलंका, आयरल्याण्ड, ओमान, स्कटल्याण्ड र युएई रहेका छन् ।प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एक दिवसिय विश्वकप क्रिकेटको लागि छानिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु