‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल

२०८० जेष्ठ ११ गते, बिहीबार


काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । दोस्रो लिगको आठौं चरण अन्तर्गत आज एक खेल एन्फा कम्प्लेक्स र अर्को खेल च्यासल मैदानमा हुनेछ । एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सातदोबाटो आज नवौं जितको योजनामा हुनेछ । सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्स छैटौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स २० खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
यस्तै च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मनाङ छैटौं जितको लक्ष्यमा हुनेछ । मनाङ २० खेलमा २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । चर्च ब्वाइज ११ औं जितको योजनामा रहेको छ । चर्च २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु