विविध

भाले जलगैंडा ७ वर्षपछि पोथी भएको पुष्टि

काठमाडौँ । जापानको एउटा चिडियाखानामा ७ वर्षदेखि रहँदै आएको एक भाले जलगैंडा अन्ततः पोथी भएको पत्ता लागेको छ । १२ वर्ष उमेरको जेन चान नामक उक्त हिप्पोले भालेले देखाउनुपर्ने कुनै बानी व्यवहार नदेखाएपछि उसको डिएनए परीक्षण गरिएको थियो । जसबाट उक्त जलगैंडा पोथी भएको पुष्टि भएको हो ।उक्त हिप्पोलाई सन् २०१७ मा मेक्सिकोबाट ओसाकास्थित ओसाका […]

२०८१ बैशाख १२ गते, बुधबार

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल महासागर !

काठमाडौँ । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूले यसमा सबै महासागरको कुल पानीको तुलनामा तीन गुणा बढी पानी रहेको बताएका छन् । पृथ्वीमा पानी कहाँबाट आयो भनेर खोजी गर्दा वैज्ञानिकहरूले यस महासागरको बारेमा पत्ता लगाएको रिपोर्टमा बताइएको छ । यो […]

२०८० चैत्र २२ गते, बिहीबार

विश्वको सर्वाधिक धनी ‘बर्ना आर्नो’

काठमाडौँ । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाको अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ । दोस्रो स्थानमा रहेको चीनमा ४ सय ७३ जना अर्बपति छन् । त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या कीर्तिमानी २ सय जना पुगेको छ । फोर्ब्सले गत […]

२०८० चैत्र २१ गते, बुधबार

दैनिक १ अर्ब डलरको खाना खेर फालिन्छ !

काठमाडौँ । विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन् । यसलाई संयुक्त राष्ट्रसंघले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ । […]

२०८० चैत्र १५ गते, बिहीबार

५ हजार वर्षभन्दा पुरानो जहाजको भग्नावशेष भेटियो !

काठमाडौँ । ग्रीसको समुन्द्रमा १० वटा जहाजको भग्नावशेष र विश्वभरि छरिएका पुरातन कलाकृतिहरू भेटिएका छन्। अनुसन्धानकर्ताहरूले एउटा जहाज ५ हजार वर्षभन्दा पुरानो भएको अनुमान गरेका छन् ।ग्रीसको संस्कृति मन्त्रालयले हालै होमरको इलियड महाकाब्यलाइ आधार मानेर पानी मुनि रहेको पुरातात्विक टोलीले एजियन सागरको सानो टापु कासोसको तटमा चार वर्षको सर्वेक्षणको क्रममा यो खोज गरेको घोषणा गरेको […]

२०८० चैत्र १३ गते, मंगलवार

चन्द्रमामा बुलेट रेल चलाउने तयारी !

काठमाडौँ । जापानी वैज्ञानिकहरुले चन्द्रमामा बुलेट रेल चलाउने तयारी सुरु गरेका छन । आज भन्दा ५० वर्ष अधिनै मानिसले चन्द्रमामा मानव पाइला टोक्न सफल भएको थियो र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । चन्द्रमा पहिलो सन १९६९ जुलाई २० मा अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ हुन । सायद निकट भविष्यमा […]

२०८० चैत्र १२ गते, सोमबार

सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

काठमाडौँ । अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । म्यासुचेट्स जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्तिमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टा समय लागेको थियो । सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अंगहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख […]

२०८० चैत्र १२ गते, सोमबार

नेपाल विश्व खुसी सूचाङ्कमा ९३औँ स्थानमा

काठमाडौँ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार १४३ देशहरुमध्ये खुसी सूचाङ्कमा नेपालले ९३औँ स्थानमा रहेको छ । सो प्रतिवेदन अनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । त्यस्तै फिनल्याण्डपछि प्रमुख डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।त्यस्तै यस सूचीमा […]

२०८० चैत्र ९ गते, शुक्रबार

अप्रिल ८ मा ५० वर्ष पछि कै सबैभन्दा लामो सुर्यग्रहण

काठमाडौँ । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण ५० वर्ष कै सबैभन्दा लामो कुल सूर्यग्रहण हुने बताइएको छ । यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ र दुई बीचको दूरी मात्र ३ लाख ६० हजार किलोमिटर हुनेछ । ग्रहणको […]

२०८० चैत्र ६ गते, मंगलवार

४५ वटा स्वीटर लगाएर विश्व कीर्तिमान

काठमाडौँ । अमेरिकाको वाशिंटनकी सोफिया हाइडेनले आफ्नो जीउमा एकसाथ ४५ वटा स्वीटर लगाएर गिनिज बुकमा नाम लेखाएकी छिन् । सोफियाले एकपछि अर्को गर्दै साइट बढाउँदै ४५ वटा स्वीटर लगाइन् । अघिल्लो स्वीटर लगाएर त्यसलाई कम्मरसम्म तानेपछि मात्रै अर्को स्वीटर लगाउनुपर्ने थियो र खुम्चिएकोलाई गणना गरिन्नथ्यो ।स्मरण रहोस् यसअघि सर्वाधिक स्वीटर लगाएको कीर्तिमान फ्रान्सका ११ वर्षीय […]

२०८० फाल्गुन १० गते, बिहीबार