चन्द्रमामा बुलेट रेल चलाउने तयारी !

२०८० चैत्र १२ गते, सोमबार


काठमाडौँ । जापानी वैज्ञानिकहरुले चन्द्रमामा बुलेट रेल चलाउने तयारी सुरु गरेका छन । आज भन्दा ५० वर्ष अधिनै मानिसले चन्द्रमामा मानव पाइला टोक्न सफल भएको थियो र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । चन्द्रमा पहिलो सन १९६९ जुलाई २० मा अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ हुन । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् । वैज्ञानिकहरु यस योजना निर्माणमा जुटिरहेका छन् भने जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरुले सन् २०२२ मै काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मंगल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका समाचारहरु आईरहेका छन । योसँगै पृथ्वीभन्दा बाहिर मानिसहरुलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु