त्रिविमा सेमेस्टर प्रणाली हटाउन माग

२०७१ पुष १९ गते, शनिबार

काठमाडौँ । त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागको नतिजालाई लिएर परीक्षार्थी र विद्यार्थी संगठनले थालेको आन्दोलन सेमेस्टर प्रणालीनै हटाउने तर्फ उन्नमुख हुन थालेको छ ।गत फागुनदेखि सुरु भएको सेमेस्टर प्रणालीको पहिलो ब्याचमा प्रकाशित रिजल्ट पुरानो वार्षिक प्रणालीभन्दा निराशाजनक भएको भन्दै आक्रोशित विद्यार्थीले पुस ७ गते शिक्षाशास्त्र विभागमा ताला मात्रै ठोकेनन्, नयाँ भर्ना फारम वितरण गर्नसमेत रोक लगाए ।
यो रोकावटसँगै मानविकी, व्यवस्थापन, र विज्ञान संकायमा प्रकाशन गर्न ठिक्क पारेको रिजल्टबारे के गर्ने भन्ने अन्योल परेको छ ।
साथै त्रिवि केन्द्रीय विभाग कीर्तिपुरमा मात्र लागू सेमेस्टर प्रणालीलाई काठमाण्डु उपत्यकाका अरु आंगिक क्याम्पसमा लागू गर्ने त्रिवि प्रशासनको रणनीति लागू हुन्छ कि हुँदैन भन्ने अन्योल उत्पन्न भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार