आज विश्व क्यान्सर दिवस

२०७१ माघ २१ गते, बुधबार

काठमाडौ, २१ माघ । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।सरकारी तथा यस क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाले क्यान्सरबाट बच्ने उपायलगायतका बारेमा विभिन्न कार्यक्रम गर्दैछन् ।
दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले पनि दिउँसो विशेष कार्यक्रम गर्ने भएको छ । नेपालमा प्रत्येक वर्ष ५ हजार क्यान्सर रोगी थपिने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । प्रत्येक वर्षको फेबु्रअरी ४ तारिखमा विश्वभर क्यान्सर दिवस मनाउने गरिन्छ ।

प्रतिक्रियाहरु