शिक्षकलाई अंग्रेजी सिकाइने

२०७१ माघ १६ गते, शुक्रबार

काठमाडौँ, १६ माघ। शैक्षिक जनशक्ति विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत सातहजार शिक्षकलाई अँग्रेजी भाषाको तालिम दिने भएको छ । आउँदो असार मसान्तभित्र सात हजार शिक्षकलाई तालिम दिई दक्ष बनाउने केन्द्रका कार्यकारी निर्देशक खगराज बरालले जानकारी दिए ।
सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै गएपछि सामुदायिक विद्यालयहरुमा पनि अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न शिक्षकलाई तालिम दिन लागिएको हो । कतिपय सामुदायिक विद्यालयमा अँग्रेजी माध्यमको पढाई संचालन गरेपनि त्यहाँ कार्यरत शिक्षकलाई अंग्रेजी भाषामा समस्या देखिएकोले उनीहरुको क्षमता अभिबृद्धि गर्न यस्तो तालिम सञ्चालन गर्न लागिएको उनले बताए ।केन्द्रले सुर्खेत, नवलपरासी र झापा जिल्लामा परीक्षणको रुपमा तालिम संचालन गर्न लागेको छ ।
पहिलो चरणमा १ सय ५ जना शिक्षकलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईने बरालले बताउनुभयो । त्यसपछि उनीहरुलाई नै परिचालन गरेर कक्षा कोठामा बोलिने सामान्य अँग्रेजी भाषाको पहिलो चरणमा १० दिनको र दोश्रो चरणमा ५ दिनको गरि १५ दिनको तालिम दिइनेछ ।

प्रतिक्रियाहरु