एसएलसी परीक्षा ५ चैतबाट

२०७१ माघ १७ गते, शनिबार

काठमाडौँ । यस वर्षो एसएलसी परीक्षा ५ चैतबाट सुरु हुने भएको छ । एसएलसी परीक्षामा करिब पाँच लाख ७० हजार विद्यार्थी सहभागी हुँदै छन् । यो संख्या गत वर्षो तुलनामा करिब चार हजारले बढी हो । निमित्त परीक्षा नियन्त्रक डा. लेखनाथ पौडेलले चार लाख २५ हजार नियमित र एक लाख ४५ हजारको हाराहारीमा एक्जाम्टेडका विद्यार्थीले आवेदन फारम भरेको जानकारी दिए । एक्ज्याम्टेडले कति वर्षम्म परीक्षा दिन पाउने भन्ने निश्चित समय नतोकिएकाले संख्या थपिँदै गएको पौडेलले बताए । माध्यमिक शिक्षा उत्तर्ीण्ा परीक्षा समितिको बैठकले चैत ५ देखि १६ चैतसम्म परीक्षा सञ्चालन गर्ने निर्ण्रा गरेको हो । २०७० को परीक्षामा नियमित र एक्ज्याम्टेड गरी पाँच लाख ६६ हजार ८८ जनाले आवेदन फारम भरेका थिए । तीमध्ये १७ हजार आठ सय ३७ परीक्षार्थी अयोग्य भएका थिए ।

प्रतिक्रियाहरु