अर्थ

सहकारी धमाधम खारेज गरिदै

चितवन, जेठ २७ – लामो समयदेखि निष्क्रिय रहेका चितवनका ४१ वटा सहकारी खारेज भएका छन् ।६ वटा दुग्ध उत्पादक, ५ वटा कृषि, ५ वटा मौरीपालन, ३ वटा तरकारी तथा फलफूल उत्पादक, एउटा पशुपालन सहकारी खारेजीमा परेका भरतपुरको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ । यस्तै ११ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण […]

२०७० जेष्ठ २७ गते, सोमबार

राजस्व सङ्कलन वृद्धि दर ३७.८८ प्रतिशत

काठमाडौँ । चालु आवको वैशाखमा कर राजस्वबापत रू १९ अर्ब ९९ करोड ८२ लाख र गैरकरतर्फतीन अर्ब ९८ करोड ५१ लाख गरी रू २३ अर्ब ९८ करोड ३३ लाख सङ्कलन भएको छ । अर्थमन्त्रालयमा आयोजित बैठकमा गत आवको समीक्षा अवधिमा रू १७ अर्ब ९८ करोड ३४ लाख राजस्व सङ्कलन भएकामा चालु आवमा प्रगति भएको जनाइएको […]

२०७० जेष्ठ २५ गते, शनिबार

सिइओको श्रीमती ठगीको आरोपमा पक्राउ

काठमाडौं २३ जेष्ठ । किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीकी श्रीमती गौरी खनाल बैंकीङ कसुरमा पक्राउ परेकी छिन् । नेपाल राष्ट्र बैकको अनुसन्धानले सिद्धार्थ विकास बैकबाट १३ करोड ऋण लिँदा अनुचित रूपमा बैंकलाई नोक्सान पुर्याएको देखाएपछि बुधबार साँझ प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले ज्ञवालीलाई महाराजगन्जबाट पक्राउ गरेको समाचार आजको नागरिक दैनिकमा समाचार छ ।प्रहरीले गौरीलाई […]

२०७० जेष्ठ २३ गते, बिहीबार

स्वरोजगारका भ्रष्टाचारी उम्कन खोज्दै

काठमाडौँ । युवा तथा स्वरोजगार कोषलाई ठगी खाने संस्थाको रूपमा विकास गरेर अकुत सम्पत्ति आर्जन गर्न सफल भएका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईं भ्रष्टाचारबाट उम्कन अनेकन हत्कण्डा अपनाउन थालेको स्रोतले बताएको छ । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त गुरागाईं एमाओवादीका एक कार्यकर्ताको फेर समातेर स्वरोजगार कोषको कार्यकारी निर्देशक बन्न सफल भएका हुन् । कोषको कार्यकारी निर्देशक […]

२०७० जेष्ठ १८ गते, शनिबार

न्युनतम १५ हजार तलव बनाउन पाँच दिने अल्टिमेटम

काठमाडौँ, अखिल नेपाल क्रान्तिकारी टे्रड यूनियन महासंघले मजदुरहरुको न्युनतम तलव १५ हजार नपुर्‍याए पाँच दिनपछि देशभरका उद्योग-कलकारखाना बन्द गर्ने चेतावनी दिएको छ । केही टे्रड यूनियनहरुसँग निर्दलीय सरकारले गरेको सम्झौता अनुरुप ८ हजार न्युनतम तलव कायम गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै महासंघका संयोजक रामदिप आचार्यले सो सम्झौतालाई खारेज गरेर पाँच दिनभित्र न्युनतम तलव १५ हजार बनाउन […]

२०७० जेष्ठ १८ गते, शनिबार

२० बर्ष पुराना गाडी सञ्चालनमा रोक

काठमाडौं , सरकारले २० बर्षभन्दा पुराना गाडी सञ्चालनमा रोक लगाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले त्यस्ता गाडी पाँच बर्षपछि कवाडीसरह मात्रै किनबेच गर्न पाउने प्रावधानसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।मन्त्रालय र सरोकारवाला निकायबीच पटक पटक भएको छलफल पछि २० बर्षभन्दा पुराना गाडी पूर्ण रुपमा विस्थापित गर्ने सहमति भएको हो । मन्त्रालयसम्बद्ध […]

२०७० जेष्ठ १७ गते, शुक्रबार

गौमूखिको सेयर यहि २९ गतेबाट

काठमाडौं , गौमूखि विकास बैंक लिमिटेडले जेठ २९ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । प्युठानको गौमूखि विकास बैंकले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारण सेयर निस्कासन गर्न लागेको हो । बैंकले निस्कासन गर्न लागेको कुल सेयरमध्ये २ हजार ४ सय कित्ता कर्मचारी र ६ हजार कित्ता सामूहिक […]

२०७० जेष्ठ १६ गते, बिहीबार

अख्तियारले लगानीको विवरण माग्यो

काठमाडौं, – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय क्षेत्रले गरेको ठूला लगानीको अवस्थाका बारेमा सोधखोज सुरु गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्र बैंकलाई पत्र लेखी बैंक तथा वित्तीय संस्थाका २ करोडभन्दा बढी लगानी भएका ऋणहरूको स्थिति के–कस्तो छ भन्नेबारे जानकारी माग गर्ने निर्णय गरेको हो । आयोगले लगानी भएको ऋण असुली सन्दर्भमा […]

२०७० जेष्ठ १५ गते, बुधबार

मेगा बैंकले सेयर बेच्ने

काठमाडौँ । मेगा बैंकले र्सवसाधारणको लागि सेयर बिक्रीको आहृवान प्रकाशन गरेको छ । बैंकले र्सवसाधारणको लागि जारी गरेको ६९ करोड ९० लाखको सेयर यही जेठ १९ गते बिक्री खुला हुने भएको छ । सेयर आवेदनका लागि छिटोमा बिक्री बन्द हुने म्याद २२ गतेसम्म रहेको छ । साधारण सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी २ अर्ब ३३ करोड […]

२०७० जेष्ठ १३ गते, सोमबार

विद्युतको महसुल बधाउने तयारी

काठमाण्डौं ,।नेपाल विद्युत प्राधिकरणले पुनः २० प्रतिशत बढाउन विद्युत महसुल निर्धारण आयोगमा प्रस्ताव गरेको छ । विद्युत महसुल बढेको ११ महिना नवित्दै सञ्चित नोक्सान बढ्दै गएको भन्दै प्राधिकरण सञ्चालक समितिले महसुल बढाउन प्रस्ताव लगेको हो ।गत साउनका आयोगले विद्युत खपतका आधारमा २० प्रतिशतसम्म महसुल बढाएको थियो । लोडसेडिङ दैनिक ८ घन्टा रहेका बेला प्राधिकरणले पुनः […]

२०७० जेष्ठ १३ गते, सोमबार