‘आस्बा’ प्रणालीमा २७ बैंक

२०७३ पुष २७ गते, बुधबार

काठमाडौं, पुस २६ । धितोपत्र बोर्डले आगामी माघ १ देखि लागू हुने ‘आस्बा’ प्रणालीमा सहभागी हुने बैंकको संख्या २७ पुगेको बताएको छ । बोर्डले यसका लागि पछिल्लो समय थप १६ बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएसँगै कुल २७ संस्था पुगेको बोर्डले जनाएको हो । यसमध्ये वाणिज्य बैंक १८ ओटा र ९ ओटा विकास बैंक रहेका छन् । साथै, उक्त प्रणालीमा समावेश हुन थप केही बैंक तथा वित्तीय संस्थाहरुको निवेदन प्राप्त भएको पनि बोर्डले जनाएको छ । यसका लागि अन्य निवेदन पनि आउनेक्रममा रहेको र निवेदनहरुको अध्ययन गरी योग्यता पुगेकालाई अनुमति प्रदान गर्दै जाने व्यहोरा पनि बोर्डले अवगत गराएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार