नोटबन्दीले सुन तस्करी

२०७३ माघ २ गते, आईतवार

काठमाडौं, २ माघ । पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेसँगै नेपालमा तस्करी झाँगिएको छ । ‘भारतमा सुन पठाउन नेपालका तस्कर सल्बलाउन थालेका छन्,’ नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)प्रमुख नवराज शिलवालले भने,‘भारतीय बजारमा अहिले सुनको माग उच्च छ । भारतमा पठाउन नेपालमा सुन तस्करी फेरि बढ्न थालेको हो ।’
डीआइजी शिलवालका अनुसार नोट प्रतिबन्धपछि भारतमा सुरक्षित धन सुनप्रति आकर्षण बढ्दो छ । साथै नेपालमा भारु अभाव भएका कारण भुक्तानीका लागि नेपाली व्यवसायीले पनि सुन प्रयोग गर्न थालेको हुन सक्ने सिलवालले बताए । ‘ठूला दरका भारु छैनन्, साना नोट सटही पनि सहज छैन’ उनले भने, ‘भारु भुक्तानीका लगि सुन नै एकमात्र उत्तम उपय हुन सक्छ’ अहिले नेपली बजारमा पनि सुनको माग उच्च छ । नगद राख्द जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छ्न् । सोही कारण भारतीय बजारमा सुनको माग बढेसँगै नेपाल हुँदै त्यहाँ सुन तस्करी बढ्न थालेको छ । –अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु