अर्थ

डलरको भाउ आकाशियो

काठमाडौं २४ असार – अमेरिकी डलर सोमवार बढेर ९८ रुपैयाँमा कारोवार भएको छ । यो मुल्य अहिलेसम्मकै सबैभन्दा मंहगो हो । दश दिन पहिले नेपाली बजारमा डलरको मुल्य ९७ रुपैयाँ ४० पैसासम्म पुगेको थियो । ९७ रुपैयाँ पुगेपछि क्रमश तल झरेर कारोवार हुँदै आएको डलर सोमवार पुन बढेर ९८ रुपैयाँ १० पैसासम्म पुगेको छ । […]

२०७० असार २४ गते, सोमबार

असार ३१ मा बजेट ल्याउने तयारी

काठमाडौं, २३ असार– अन्तरिम चुनावी मन्त्रिपरिषदले आगामी ३१ असारमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले नयाँ नीति तथा कार्यक्रम केही पनि नसमेटी सो दिन बजेट ल्याउने तयारी गरेको हो । राष्ट्रपति डा. रामवरण यादवले नयाँ नीति तथा कार्यक्रम नसमेटी चुनावकेन्द्रित बजेट ल्याउन अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई सुझाव दिइसकेका छन् । सोही सुझावबमोजिम सरकारले […]

२०७० असार २३ गते, आईतवार

त्रिशूली ३ ए को काम बन्द

काठमाडौं, असार २१ – माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको ठेकेदार आफैंले काम ठप्प पारेका छन् । एमाओवादी, कांग्रेस, एमालेलगायत दलका कार्यकर्ता मिलेर २६ सूत्रीय माग राख्दै बन्द गरेको भोलिपल्ट चिनियाँ ठेकेदार कम्पनी गेजुवा आफैले आयोजनास्थलको काम ठप्प पारेको हो । रसुवाका तीन राजनीतिक दलले २० प्रतिशत सेयर प्रभावित जिल्लावासीलाई हुनुपर्ने, आयोजना १ सय ४५ […]

२०७० असार २१ गते, शुक्रबार

जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकता

काठमाडौं, असार २१ – सरकारले जलाशययुक्त जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्ने भएको छ ।रन अफ रिभरमा आधारित आयोजनाबाट हिउँदमा आवश्यक ऊर्जा उत्पादन नभएर समस्या परेपछि सरकारले आफ्नो १३ औं योजनामा यस्तो गर्न लागेको हो । सरकारले नयाँ आयोजनाको छनोट र निर्माण गर्दा कम्तीम ३० प्रतिशत जलाशय युक्त जलविद्युत् आयोजनालाई विकास गर्ने रणनीति लिने भएको छ […]

२०७० असार २१ गते, शुक्रबार

कर नतिर्ने राजस्वको फन्दामा पर्ने

काठमाडौ, – सरकारले ५० लाख रुपैयाँ भन्दा बढी कर तिर्न बाँकी रहेकाहरुको नाम केही दिन भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।लामो समयदेखि कर नतिरी बक्यौता बाँकी रहेकाहरुको सूची तयार गरिरहेको र असार महिनाभित्रै सार्बजनिक गर्ने तयारी भएको आन्तरिक राजस्व बिभागका महानिर्देशक टंकमणि शर्माले जानकारी दिए ।बिभागले केही दिनअघि ५० लाख भन्दा धेरै राजस्व बक्यौता […]

२०७० असार २१ गते, शुक्रबार

काठमाडौँ–कुलेखानी–हेटौँडा–सुरुङमार्गबारे सम्झौता

काठमाडौँ, १८ असार । नेपाल पूर्वाधार विकास कम्पनीको प्रथम परियोजना काठमाडौँ–कुलेखानी–हेटौँडा–सुरुङमार्ग निर्माणका लागि विकास कम्पनी, प्रभु फाइनान्स कम्पनी तथा प्रभु ग्रुपबीच हिजो लगानी सम्झौता गरिएको छ ।परियोजनामा प्रभु फाइनान्सले विकास कम्पनी लिमिटेडको संस्थापक सेयरमा लगानी गर्ने तथा कम्पनीको आर्थिक सङ्कलनमा समेत भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो ।फाइनान्सले परियोजनामा लगानी गर्न चाहने […]

२०७० असार १८ गते, मंगलवार

सेवा शुल्क र ब्याज घटाउ : गभर्नर

काठमाडौं – एनआइसी एसिया बैंकको आइतबार औपचारिक उद्घाटन गर्दै गभर्नर युवराज खतिवडाले प्रतिस्पर्धी बजारमा सेवा शुल्क र ब्याज दरमा सुधार हुनुपर्ने बताएका छन्। उनले बैंक तथा वित्तीय संस्थाको शुल्क र ब्याज दर अपेक्षाभन्दा अझै माथि रहेको भन्दै यसमा सुधार गर्नुपर्ने बताएका हुन्। ‘प्रतिस्पर्धी बजारमा सेवा शुल्क र ब्याजदरमा सुधार हुनुपर्छ, अहिले अपेक्षा गरिएभन्दा माथि छ,’ […]

२०७० असार १७ गते, सोमबार

कोसी ग्यासको डिलरमा सिलबन्दी

नवलपरासी, १६ असार । नवलपरासीको कावासोतीमा रहेको सिर्जना इन्टरप्राइजेजमा कोसी ग्यासका सिलिन्डरमा तौल कम भेटिएपछि प्रहरीले सिल लगाएको छ ।उपभोक्ताले लगेका सिलिन्डरमा तीन किलोसम्म तौल कम भएको फेला परेपछि प्रहरीले सिल गरेको हो । घरमा लगेका ग्यासका सिलिन्डर हल्का भएपछि शङ्का लागेर जोख्न ल्याउँदा कम तौल भेटिएको हो ।प्रहरीले तौलेका १८ वटा सिलिन्डरमध्ये सबैमा कम […]

२०७० असार १६ गते, आईतवार

विराटनगर भन्सारबाट बाह्र अर्ब राजस्व सङ्कलन

विराटनगर, १६ असार । अवैध कारोबार तथा चोरी तस्करीमाथि गरिएको कडाइका कारण विराटनगर भन्सार कार्यालय रानीले चालु आवको १२ महिनामा रु १२ अर्ब ७७ करोड २१ लाख राजस्व सङ्कलन गरेको छ ।सो कार्यालयले आव २०६८÷६९ को तुलनामा करिब रु दुई अर्ब बढी राजस्व सङ्कलन गर्न सकेको छ । गत आवमा कुल रु १० अर्ब मात्र […]

२०७० असार १६ गते, आईतवार

राजश्व २२ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको जेठ महिनासम्म २ खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो। अर्थमन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरि कर राजस्वतर्फ सवा २ खर्ब र गैरकर राजस्वतर्फ ३१ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको जानकारी दिएको छ […]

२०७० असार १२ गते, बुधबार