नेतान्याहू र हमासका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गर्न माग

२०८१ जेष्ठ ८ गते, मंगलवार

काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ । आईसीसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।
आईसीसी अभियोजकले भने, ‘मेरो कार्यालयले संकलन गरेको र समीक्षा गरेको प्रमाणको आधारमा, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने विश्वास गर्ने कारण छ ।’ – एजेन्सी

प्रतिक्रियाहरु