राजश्व २२ प्रतिशतले वृद्धि

२०७० असार १२ गते, बुधबार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको जेठ महिनासम्म २ खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो। अर्थमन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरि कर राजस्वतर्फ सवा २ खर्ब र गैरकर राजस्वतर्फ ३१ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको जानकारी दिएको छ । राजस्व असुली उत्साजनक वृद्धि हुनुमा समग्र कर प्रशासनमा गरिएको सुधार, आयातमा भएको वृद्धि, कर छली विरुद्धको अभियान, कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणालीको प्रयोग, सेवा क्षेत्रको बढ्दो विस्तार, राजस्व चुहावट तथा चोरी पैठारी नियन्त्रणमा सुधार मूख्य भएको अर्थमन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रालयका अनुसार जेठ महिनासम्म भन्सार महसुल ५१ अर्ब ३५ करोड रुपैयाँ संकलन भएको छ भने मूल्य अभिवृद्धि कर ७५ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको छ । त्यस्तै, ३२ अर्ब ५६ करोड रुपैयाँ संकलन भएको छ भने आयकर ५४ अर्व ६२ करोड रुपैयाँ संकलन भएको छ । रजिष्ट्रेशन दस्तुर र सवारी साधन करतर्फ क्रमशः ४ अर्ब ६३ करोड र ४ अर्ब ९ करोड संकलन भएको अर्थमन्त्रालयले जनाएको छ ।जेठ महिनामा मात्रै सरकारले २३ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको अर्थमन्त्रालयले जानकारी दिएको छ । गत आर्थिक वर्षको जेठ महिनामा २० करोड ८८ लाख रुपैयाँमात्र राजस्व संकलन भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार