काठमाडौँ–कुलेखानी–हेटौँडा–सुरुङमार्गबारे सम्झौता

२०७० असार १८ गते, मंगलवार

काठमाडौँ, १८ असार । नेपाल पूर्वाधार विकास कम्पनीको प्रथम परियोजना काठमाडौँ–कुलेखानी–हेटौँडा–सुरुङमार्ग निर्माणका लागि विकास कम्पनी, प्रभु फाइनान्स कम्पनी तथा प्रभु ग्रुपबीच हिजो लगानी सम्झौता गरिएको छ ।परियोजनामा प्रभु फाइनान्सले विकास कम्पनी लिमिटेडको संस्थापक सेयरमा लगानी गर्ने तथा कम्पनीको आर्थिक सङ्कलनमा समेत भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो ।फाइनान्सले परियोजनामा लगानी गर्न चाहने आफ्ना सम्पूर्ण ग्राहकलाई ऋणसमेत उपलब्ध गराउने जनाइएको छ । काठमाडौँ–कुलेखानी–हेटौंडा–सुरुङमार्ग परियोजना रु ३४ अर्ब ८७ करोडको लागतमा (अनुमानित) निर्माण हुने र निर्माण प्रारम्भ गरिएको मितिले चार वर्षभित्र सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी कम्पनीलाई प्राप्त भएको छ ।
परियोजनामा लगानी गर्नका लागि विभिन्न देशमा रहेका नेपालीले उत्साह जनाइरहेको बताइएको छ । हालै मात्र विकास कम्पनीका अध्यक्ष जोशीले जर्मनी, स्विट्जरल्यान्ड, बेलायत तथा बेल्जियममा रहेका एनआरएनका सदस्यसँग गर्नुभएको अन्तक्र्रियाबाट रु ९६ करोडबराबरको लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको र सो रकम तत्कालै आउने प्रक्रियामा रहेको बताइएको छ ।साथै अमेरिकामा बसोवास गर्ने नेपालीको सङ्गठन एएनएको आयोजनामा हुने कार्यक्रममा विकास कम्पनीका तर्पmबाट सहभागिता जनाउन तथा लगानीका लागि आह्वान गर्न कम्पनीका तर्फबाट उपस्थिति जनाइने विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार