विराटनगर भन्सारबाट बाह्र अर्ब राजस्व सङ्कलन

२०७० असार १६ गते, आईतवार

विराटनगर, १६ असार । अवैध कारोबार तथा चोरी तस्करीमाथि गरिएको कडाइका कारण विराटनगर भन्सार कार्यालय रानीले चालु आवको १२ महिनामा रु १२ अर्ब ७७ करोड २१ लाख राजस्व सङ्कलन गरेको छ ।सो कार्यालयले आव २०६८÷६९ को तुलनामा करिब रु दुई अर्ब बढी राजस्व सङ्कलन गर्न सकेको छ । गत आवमा कुल रु १० अर्ब मात्र राजस्व सङ्कलन भएको थियो ।कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार बन्द, हड्ताल तथा सीमावर्ती जोगवनी भन्सार केही दिन बन्द भैकन पनि चालु आवमा लक्ष्यको तुलनामा अत्यधिक राजस्व सङ्कलन भएको छ ।कार्यालयले चालु आवमा रु १२ अर्ब ५२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
भन्सार राजस्व रु चार अर्ब ३९ करोड २८ लाख, मूल्य अभिवृद्धि कर रु सात अर्ब ३५ करोड ९६ लाख, अन्तःशुल्क रु ७४ करोड २४ लाख ९५ हजार तथा सडक सुधारबापत रु २८ करोड ६० लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।चालु आवमा कार्यालयले तोकिएकोभन्दा कम राजस्व बुझाउने आधा दर्जन भन्सार एजेन्टलाई कारबाही गरी जरिवानासमेत गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार