कर नतिर्ने राजस्वको फन्दामा पर्ने

२०७० असार २१ गते, शुक्रबार

काठमाडौ, – सरकारले ५० लाख रुपैयाँ भन्दा बढी कर तिर्न बाँकी रहेकाहरुको नाम केही दिन भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।लामो समयदेखि कर नतिरी बक्यौता बाँकी रहेकाहरुको सूची तयार गरिरहेको र असार महिनाभित्रै सार्बजनिक गर्ने तयारी भएको आन्तरिक राजस्व बिभागका महानिर्देशक टंकमणि शर्माले जानकारी दिए ।बिभागले केही दिनअघि ५० लाख भन्दा धेरै राजस्व बक्यौता रहेकाहरुको नाम सार्बजनिक हुने भन्दै सूचना निकालेर सचेत गराएको थियो । यसरी ५० लाख भन्दा धेरै कर बक्यौता हुने व्यवसायी झण्डै ४ सय छन् ।सरकारले झण्डै ३० अर्ब राजस्व बक्यौता उठाउन बाँकी छ । त्यसमा मूल्य अभिवृद्धि कर (भ्याट)मात्रै ५ अर्ब छ । भ्याटको बक्यौता सर्बसाधारणबाट उठाएर पनि सरकारलाई नतिरेको रकम हो ।तीमध्ये बक्यौता तिर्नुपर्ने कतिपय कम्पनी बन्द भैसकेका छन् । बिभागले बक्यौता उठाउन अब कडाईका साथ काम गर्ने तयारी गरेको महानिर्देशक शर्माले बताए ।त्यसका लागि बक्यौता बाँकी रहेकाहरुको बैङ्क खाता रोक्का तथा महालेखा परीक्षकको कार्यालय मार्फत दिनुपर्ने भुक्तानी रोक्ने लगायतका तयारी गरिएको शर्माले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार